• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रसूतिमा नियमित सेवा सुचारु


  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आजदेखि आफ्नो नियमित सेवा सुचारु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को कारणले अत्यावश्यक बाहेक सेवा बन्द गरेको अस्पतालले सबै सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।

    Advertisement

    ‘कोभिड–१९ का कारणले हामीले सबै सेवा दिन सकेका थिएनौँ’, उहाँले भन्नुभयो, ‘तर अब सेवा रोक्नुपर्ने आवश्यकता नभएकाले पहिल्यै जस्तै बिरामीलाई सबै सेवा दिन थालेका छौँ ।’ कोभिड–१९ को कारणले बन्द भएको बहिरङ सेवा पनि केही पहिले शुरु गरेको अस्पतालले अब भने निःसन्तान, परिवार नियोजन, कृत्रिम गर्भाधान र तालीम सेवा शुरु गरेको छ । अस्पतालले कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ती सेवा दिन थालिएको हो ।

    बन्दाबन्दी (लकडाउन)का बीचमा प्रसूति, गर्भपतन र आस्कमिक सेवा सुचारु भएका थिए । अस्पतालमा महिला विभिन्न रोगसम्बन्धी उपचार गरिन्छ । अस्पतालका निर्देशक डा मिश्राले दूरबिनबाट गरिने शल्यक्रियासमेत अब चाँडै शुरु गरिने बताउनुभयो । कोभिड–१९ को संक्रमणका कारण हुने डरले दूरबिनबाट गरिने शल्यक्रिया लकडाउनसँगै रोकिएको थियो ।

    नियमित सेवा सुचारु भएदेखि आजदेखि अस्पतालमा बिरामीको संख्यामा समेत वृद्धि भएको छ । पहिले दैनिक ८०० सम्म बिरामी नियमित सेवा लिने गरेकोमा अहिले दैनिक ५०० पुगेका छन् । यसैगरी लकडाउनका बीचमा अस्पतालले नियमित सुत्केरी गराइरहेको छ । सुत्केरी हुने आउने बिरामीको अवस्था हेरेर अस्पतालले सुत्केरी गराइरहेको छ । अस्पतालले फागुनमा एक हजार ५७ सामान्य र ६८९ शल्यक्रिया गरेर सुत्केरी गराइएका छन् । यस्तै चैतमा ८५३ सामान्य र ६२७ शल्यक्रिया, वैशाखमा ७७४ सामान्य र ६१४ शल्यक्रिया, जेठ ८२३ सामान्य र ५९९ शल्यक्रिया तथा असारमा ८७३ सामान्य र ६२७ शल्यक्रिया गरेर सुत्केरी गराइएका छन् ।

    यस्तै लकडाउनका बेला दैनिक ५० देखि ५५ जना भर्ना हुने गरेका थिए । लकडाउनका बेला २५ जना कोभिड–१९ का शङ्कास्पद बिरामीको अस्पतालले उपचार गरेको थियो । तीमध्ये १८ जना सुत्केरी र ६ जना नियमित स्वास्थ्य परीक्षण गराएर घर फर्किका थिए । यस्तै एक जना महिलालाई कोभिड–१९ को संक्रमण देखिए पनि अस्पतालमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा मिश्राले बताउनुभयो । लकडाउनका बेला भर्ना भएका बिरामीलाई छुट्टै कोठामा राखी पीसीआर परीक्षण गराएर मात्र उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।

    यस्तै अस्पतालले फागुनमा ११३ जना, चैतमा ७०, वैशाखमा ७० र जेठमा ५८ जनाले गर्भपतन गराएको छ । लकडाउनका बेला सिफ्टमा काम गरेका कर्मचारी अहिले नियमित तालिकामा आउने गरेका छन् । अस्पतालमा अहिले ६५० स्वास्थ्यकर्मीसहित कर्मचारी रहेका छन् ।

    पीसीआर प्रयोगशाला स्थापना
    अस्पतालले कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण गर्नका लागि प्रयोगशाला स्थापनाको तयारी गरेको छ ।
    अस्पतालका निर्देशक डा मिश्राले आफ्नै आन्तरिक स्रोत र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा पीसीआर मेशिन किन्न थालेको बताउनुभयो । (रासस)

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.