• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सोलनको अर्कीमा भएको आगलागीमा परेकाहरूलाई मूल प्रवाहद्वारा क्षतिपूर्तीको माग


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट ज्यान गुमाउनेहरूप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धान्जली प्रकट गरेको छ । केन्द्रीय समितिका अध्यक्ष प्रेम पौडेलले १३ जनवरीका दिन एक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना प्रकट गर्नुभएको छ ।

    Advertisement

    पौडेलले वक्तव्यमा आगलागीमा परि ज्यान गुमाउनेहरू र घाइतेहरूलाई क्षतिपूर्तिको मागको लागि जोड दिनुभएको छ । साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

    प्रेस वक्तव्यमा लेखिएको छ :

    “भारतको हिमाचल राज्य, सोलन जिल्लाको अर्की ग्राम पंचायत वार्ड नं. ६, अर्की बजारमा भएको भीषण आगलागीको घटनाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त दुःखद घटनामा ८ वर्षिय प्रशान्तको मृत्यु भएको छ र कैयौं घाइते भएकाछन् । अहिले पनि दुई नेपाली परिवारका ५ बच्चा र दुई महिला दुई पुरूष गरि ६ जना लापता छन् । लापता हुनेमा सल्यान जिल्ला नेपाल घर भएका हरिरामका छोरा काशीराम वर्ष ४२, काशीराम की पत्नी टिका वर्ष ३०, काशीरामकी छोरी वर्ष १३, काशीरामका छोरा सन्दीप वर्ष ८, त्यस्तै सल्यान जिल्लाकै धन बहादुर वर्ष ३३, धन बहादुरकी छोरी राधा वर्ष ११ र धन बहादुरका छोरा डेढ वर्षका सेजन रहेका छन् ।

    भुइतल्ला र पहिलोतल्लामा दुकानहरू दोस्रोतल्लामा मजदुरहरूको डेरा भएको अर्की बजारमा ११ जनवरी २०२६ रविवार राती आगलागी भएको थियो । आगोको कारणले खाना पकाउने गैस सिलेण्डरहरू लगातार विस्फोट भएका थिए । त्यसपछि स्थिती झन भयावह भएको थियो । आगलागीमा १५ घरहरू जलेर नस्ट भएकाछन् । कैयौं घरहरू ढुंगा–माटो र काठका दलिनहरू सहितका भएको हुँदा मलवाको थुप्रोमा परिणत भएका छन् । बचाउ तथा उद्धार कार्यमा स्थानीय प्रशासन सहित राष्ट्रिय आपदा प्रतिकृया फोर्स र राज्य आपदा प्रतिकृया फोर्सको टिम खटिएको छ ।

    हिमाचलमा ठुलो संख्यामा नेपालीहरू मजदुरीको काममा आउने गर्दछन् । देशमा रोजगरी नहुँदा भारत लगायत विभिन्न देशहरूमा श्रमको लागि विदेशीनु पर्ने बाध्यता रहेको छ । हिमाचलमा खेती, बागवानी, निर्माण कार्य, भरिया आदि कार्यमा ठुलो संख्यामा नेपालीहरू कार्यरत छन् । उनीहरू विकट र दूर्गम गाँउहरूमा समेत पुगेर काम गरेका छन् । उनीहरू चर्को श्रम शोषणमा त परेकै हुन्छन् । प्रकृतिक घटना दुर्घटना आदिको पनि सामना गर्नुपरेको हुन्छ । कैयौं पटक नेपालीहरू दुर्घटनाहरूमा पाईने क्षतिपुर्ती र अनुदान आदिमा पनि भेदभावको शिकार हुने गरेको पाइएको छ । हामी पीडित परिवारलाई सरल र समयमै क्षतिपूर्ति गराउन सम्बधित निकाय, हिमाचल सरकार तथा भारत सरकारसँग माग गर्दछौँ ।

    अन्तमा, यस अकल्पनीय घटनामा परी ज्यान गुमाउनेप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.