बेङ्लोर (भारत) मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिले नयाँ वर्ष २०२६ को भेटघाट तथा सदस्यता नवीकरण अभियान कार्यक्रमका सम्पन्न गरेको छ
दक्षिण नगर समितिका अध्यक्ष बलराम कोलीको अध्यक्षतामा नगर सचिव दानबहादुर पहरीको सञ्चालनपछि प्रमुख अतिथि केन्द्रीय सदस्य नरेश कुमार विकको उपस्थितिमा सो कार्याक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दक्षिण भारत क्षेत्रिय सदस्य मानबहादुर विक, सदस्य ओमबहादुर दाहाल, सदस्य तिलक केसीको आतिथ्यतापछि ज्ञात अज्ञात सहिदको सम्मानमा एक मिनट मौन धारणापछि नगर कोषाध्यक्ष रमेश विकले स्वागत गर्नुभएको थियो ।
त्यस्तै, सरोज रेस्टुरेन्टका म्यानेजर तथा शान्ति नगर एरिया सदस्य जागेश्वर पोख्रेल र उत्तर नगर महिला विभागका सदस्य निर्मला दाहालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो
उक्त कार्यक्रम बेंगलोर उत्तर र दक्षिण दुवै नगर समितिको आयोजनामा नेपाल प्युठान जिल्ला झिम्रुक गाउँपालिका तथा दक्षिण नगर समितिका सहसचिव रामराज पौडेल ज्यूको श्रीमती दीपा पौडेल ज्यूको उपचारको लागि आर्थिक सहयोग रकम रु ५७००५ सङ्कलन गरी विकलगायतका साथीहरूले हस्तान्तण गर्नुभएको थियो