• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • सियोल । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी प्रभावशाली बहिनी किम यो जोङले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको दाबी गर्दै दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नुभएको छ । उहाँले दक्षिण कोरियाबाट उडेको भनिएको ड्रोन उत्तर कोरियाली भूभागमा प्रवेश गरेको आरोप लगाउनुभएको हो ।

    Advertisement

    उत्तर कोरियाले शनिबार जनवरीको सुरुमा दक्षिण कोरियाको सीमावर्ती काउन्टी गाङवाबाट उडेको एक मानव रहित हवाई यान उत्तर कोरियाली सहर केसोङमा प्रवेश गरेको र गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर सार्वजनिक गरेको थियो । तर सियोलले यो आरोप अस्वीकार गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत उक्त ड्रोन दक्षिण कोरियाली सेनाले प्रयोग गर्ने मोडेल नभएको स्पष्ट पारेको छ ।

    राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किम यो जोङले दक्षिण कोरियाको आधिकारिक नाम प्रयोग गर्दै ‘सौभाग्यवश, दक्षिण कोरियाली सेनाले यो आफैँले गरेको होइन र हामीलाई भड्काउने वा रिसाउने कुनै उद्देश्य नभएको आधिकारिक धारणा सार्वजनिक गरेको छ’ भन्नुभयो । तर उहाँले ‘हाम्रो गणतन्त्रको दक्षिणी सीमा पार गरेको ड्रोनको वास्तविक घटनाबारे विस्तृत व्याख्या गरिनुपर्छ’ भन्ने माग गर्नुभयो ।

    उत्तर कोरियाको आरोपको जवाफमा दक्षिण कोरियाली सेनाले आफ्नो प्रारम्भिक अनुसन्धानले उक्त समयमा कुनै पनि मानव रहित हवाई यान सञ्चालन नगरिएको र प्रश्नमा उठाइएको वस्तु ड्रोन नै नभएको निष्कर्ष निकालेको जनाएको छ । राष्ट्रपति ली जे म्युङले यस घटनाबारे संयुक्त सैन्य–प्रहरी अनुसन्धान टोलीमार्फत ‘छिटो र कडा अनुसन्धान’ गर्न निर्देशन दिनुभएको छ ।

    यदि कुनै सर्वसाधारणले ड्रोन सञ्चालन गरेको प्रमाण भेटिएमा त्यसलाई गम्भीर अपराध मानिने भन्दै राष्ट्रपति लीले यसले कोरियाली प्रायद्वीपको शान्ति र राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने चेतावनी दिनुभएको छ । तर किम यो जोङले उक्त ड्रोन सैन्य हो वा नागरिक भन्ने कुरामा आफूलाई चासो नभएको भन्दै ‘त्यो हामी जान्न खोजेको मुख्य विषय होइन’ भन्नुभयो ।

    उहाँले ‘स्पष्ट रूपमा आरओकेबाट आएको ड्रोनले हाम्रो देशको हवाई क्षेत्र उल्लङ्घन गरेको छ’ भन्दै दक्षिण कोरियाप्रति कडा शब्द प्रयोग गर्नुभयो । किम यो जोङको यस वक्तव्यलाई विश्लेषकहरूले प्योङयाङले यस घटनालाई सैन्यभन्दा बढी कूटनीतिक मुद्दाका रूपमा अगाडि बढाउन खोजेको सङ्केतका रूपमा हेरेका छन् ।

    कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनका अनुसार किम यो जोङको भनाइले तत्काल सैन्य तनाव बढाउने इरादा नरहेको देखाउँछ, तर स्पष्टीकरणको मागले कूटनीतिक दबाब बढाउने सम्भावना जनाउँछ ।

    यो नयाँ ड्रोन विवाद दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध चलिरहेको मुद्दाको पृष्ठभूमिमा आएको हो । उहाँमाथि प्योङयाङको प्रतिक्रिया उक्साउने उद्देश्यले अवैध रूपमा ड्रोन सञ्चालनको आदेश दिएको आरोप लागेको छ । युनलाई गत वर्ष अप्रिलमा मार्सल ल लागू गर्ने प्रयासका कारण महाभियोग लगाई पदबाट हटाइएको थियो ।

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता
    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • २.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ५.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ६.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ७.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ८.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.