भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया “बि” अन्तर्गत अनाजमंडीमा जनवरी ८, २०२६ को सम्पन्न भेला सम्पन्न भएको छ ।
भेलाले सपना कुमालको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरेको छ । जसमाः सचिव– चेतन कुमाल र कोषाध्यक्ष– प्रित बहादुर रहनु भएको छ ।
त्यसैगरि सदस्यहरूमा ईश्वर कुमल, विमला कुमाल, अन्जु कुमाल, मनिस कुमाल, जानकी कुमाल, रबि कुमाल, कृष्ण कुमाल, ओम बहादुर कुमाल रहनु भएको छ ।
भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले भारतमा मूल प्रवाहको ऐतिहासिक महत्व र आवश्यकता बारे प्रशिक्षण दिनुभएको थियो ।
नवनिर्वाचित समितिलाई मूल प्रवाह महिला क्षेत्रीय सदस्य कमला बगाले, एरिया समितिका महेन्द्र रोका र खिम बहादुर कुमाल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम प्रित बहादुरको अध्यक्षता तथा प्रमिला मुखियाको सञ्चालनमा सम्पन्न भएको थियो ।