• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राजमोका राष्ट्रियसभा उम्मेदवारलाई विजयी गराउन अनुरोध


  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना चार जना उम्मेदवारलाई विजयी गराउन अपिल गरेको छ ।

    Advertisement

    कावा अध्यक्ष रश्मिराज नेपालीको हस्ताक्षरमा २०८२ पुस २४ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो अपिल गरेको हो ।

    गण्डकीका शङ्कर बराल र लक्ष्मी बास्कोटा तथा लुम्बिनीका बोमबहादुर खत्री र पद्मा पण्डित निष्कलङ्क छवि भएका नेता भएको दाबी वक्तव्यमा गरिएको छ ।

    उहाँहरूको विजयबाट खालि राष्ट्रिय जनमोर्चाको मात्रै नभएर देशमा सुशासन कायम गर्नसमेत मदत पुग्ने धारणा वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशमा का. शङ्कर बराल र का. लक्ष्मी बास्कोटा राष्ट्रियसभाका लागि उम्मेदवार बन्नुभएको छ भने लुम्बिनी प्रदेशमा का. बोमबहादुर खत्री र का. पद्मा पण्डित उम्मेदवार बन्नुभएको छ । का. शङ्कर बराल निष्कलङ्क छवि भएको र लामो राजनीतिक पृष्ठभूमि भएको गण्डकी प्रदेशको प्रसिद्ध नेता हुनुहुन्छ भने तत्काल राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको सदस्य र गण्डकी प्रदेशको अध्यक्ष पनि हुनुहुन्छ । लक्ष्मी बास्कोटाको पनि नेपालको राजनीति आन्दोलन र महिला मुक्ति आन्दोलनमा समेत लामो इतिहास रहेको छ र तत्काल अखिल नेपाल महिला सङ्घको केन्द्रीय सचिव पनि हुनुहुन्छ ।

    का. बोमबहादुर खत्रीले लामो समयसम्म शिक्षण पेसामा लागेर समाजको सेवा गर्नुभएको थियो । पहिले उहाँ प्युठान जिल्ला विकास समितिको सभापति पनि हुनुहुन्थ्यो । अहिले उहाँ लुम्बिनी प्रदेशको राष्ट्रिय जनमोर्चाको अध्यक्ष पनि हुनुहुन्छ । पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्षका साथै नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनमा उहाँको लामो इतिहास पनि रहेको छ । का. पद्मा पण्डितको नेपालको राजनीतिक आन्दोलन र महिला मुक्ति आन्दोलनमा समेत महत्त्वपूर्ण इतिहास रहेको छ । अहिले उहाँ राष्ट्रिय जनमोर्चाको केन्द्रीय सल्लाहकार र अखिल नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँहरू दुबैलाई चुनावमा विजय बनाउनको लागि हामीले गण्डकी र लुम्बिनीका दुबै प्रदेशका मतदातासित अपिल गर्दछौँ ।

    उहाँहरूलाई चुनावमा विजय बनाउनका लागि जोड दिन ठोस राजनीतिक आधार छ । नेपालमा राष्ट्रिय जनमोर्चा नै एउटा यस्तो राजनीतिक पार्टी हो, जुन पार्टीबाट चुनिएका सांसद सरकारमा मन्त्री बन्दा, लेखा समितिको सभापति बन्दा वा सांसदमा निर्वाचित हुँदा पनि कहिल्यै कुनै प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा दलबदलुजस्ता कुनै कार्यमा संलग्न नभएको गौरवपूर्ण इतिहास छ । त्यस प्रकारका स्वच्छ र निष्कलङ्क छवि भएका व्यक्ति संसद्मा पुगेपछि नै सुशासन कायम हुनेछ र देशमा दिगो विकास हुन सक्नेछ । राष्ट्रिय जनमोर्चाका सांसदको त्यस प्रकारको चरित्र र भूमिकामाथि विचार गर्दा उनीहरूको विजयबाट खालि राष्ट्रिय जनमोर्चाको मात्र होइन, सम्पूर्ण देशको नै हित हुनेछ भन्ने कुरामाथि विश्वास गर्नका लागि आधार छ । त्यसैले हामीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी र लुम्बिनीमा राष्ट्रियसभाका उम्मेदवारलाई जिताउनका लागि तपाईंहरू सबैसित हार्दिक अपिल गर्दछौँ ।”

    बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.