• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लुम्बिनी र गण्डकीबाट राष्ट्रियसभामा राजमोको चार उम्मेदवारी दर्ता


  •   बुधबार, पुष २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले चारओटा उम्मेदवारी दिएको छ ।

    Advertisement

    राजमोले लुम्बिनीबाट बोमबहादुर खत्री र पद्मा पण्डित तथा गण्डकी प्रदेशबाट शङ्कर बराल र लक्ष्मी बासकोटालाई उम्मेदवार बनाएको हो ।

    घोराहीबाट खत्रीले र पोखराबाट राजमो नेता कृष्ण अधिकारीले युगदर्शनलाई सो जानकारी दिनुभयो ।

    दाङमा उम्मेदवारी दर्ता गर्दा खत्रीको प्रस्तावकमा प्युठान मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का तथा समर्थकमा प्युठान ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण श्रेष्ठ तथा पण्डितको प्रस्तावकमा अर्घाखाँची भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा तथा समर्थकमा प्युठान स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज राना रहनुभएको थियो।

    उम्मेदवारी दर्ता गर्ने समयमा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, राजमो नेता सुरेश थापा, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखरेल, अखिल नेपाल महिला सङ्घकी कृष्ण राना, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लुम्बिनीका उपाध्यक्ष सुरेशकुमार पाण्डे, राजमोका भीमलाल न्यौपाने, चन्द्रबहादुर केसी, मेघराज भट्टराई, सेवक भट्टराई, शोभाराम आचार्य, कु्रन्तादेवी खड्का, ङनुकान्त आचार्य, सुशीला नेपाली, शोभा पोखरेलको उपस्थिति रहेको थियो ।

    पोखराबाट उम्मेदवारी दर्ता गर्दा बरालको प्र्रस्तावकमा बागलुङ जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन तथा समर्थकमा बागलुङ काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा हुनुहुन्थ्यो भने बास्कोटाको प्र्रस्तावकमा तिलक थापा तथा समर्थकमा नरबहादुर पुन रहनुभएको थियो ।

    बरालले खुल्ला सदस्यमा र बास्कोटाले महिला सदस्यमा उम्मेदवारी दिइरहँदा राजमो नेता कृष्ण अधिकारी र राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालको पनि उपस्थिति रहेको थियो ।

    लुम्बिनीबाट उम्मेदवारी दर्ता गराउनुभएका खत्री हाल राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । शिक्षक पृष्ठभूमिबाट नेकपा (मसाल) को राजनीति सुरु गर्नुभएका खत्री प्युठान जिल्ला विकास समितिका सभापति भइसक्नुभएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ झिनो मतले पराजित हुनुभएको थियो । उहाँ राजमोको केन्द्रीय कोषाध्यक्षसमेत रहिसक्नुभएको छ ।

    लुम्बिनीकै अर्की उम्मेदवार पण्डित जुझारु महिलानेतृ हुनुहुन्छ । हाल राजमो केन्द्रीय सल्लाहकार रहनुभएकी पण्डित प्युठानबाट राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ राजमोनिकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

    गण्डकी प्रदेशबाट राजमो उम्मेदवार शङ्कर बराल हाल केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ । २०४२ सालको बमकाण्डका आरोपी बरालले त्यति बेला जेलसजाय भोगिसक्नुभएको छ । उहाँ यसअघि अखिल (छैठौं) का महासचिव र राजमोको केन्द्रीय उपाध्यक्ष रहिसक्नुभएको छ । उहाँ पोखरामा रहेर राजमोको राजनीति अगाडि बढाइरहनुभएको छ ।

    गण्डकी प्रदेशकै अर्की उम्मेदवार बासकोटा राजमोनिकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव हुनुहुन्छ । कानुन व्यवसायीसमेत रहनुभएकी बास्कोटा बागलुङमा रहेर विभिन्न सामाजिक कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । राजमो केन्द्रीय सदस्यसमेत रहनुभएकी बास्कोटा २०७४ सालको निर्वाचनबाट बागलुङ वडा नं. ३ को वडाध्यक्ष हुनुहुन्थ्यो ।

    राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुन गइरहेको छ ।

    बुधबार, पुष २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.