प्यूठान । अखिल नेपाल जनजाति सम्मेलनको एक महिने ‘सांगठनिक अभियान’ अन्तर्गत पुस २१ गतेका दिन प्यूठान नगरपालिकाको वडा नम्बर ५ स्थित टाकुरामा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ ।
कार्यक्रममा सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, सम्मेलनका जिल्ला अध्यक्ष तथा वडा नम्बर ५का निर्वाचित वडाध्यक्ष नन्दराम पुनले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै सम्मेलनका केन्द्रीय उपाध्यक्ष उषा पुन, केन्द्रीय सदस्य हरि आले, वडानम्बर ५ राजमो अध्यक्ष धनबहादुर केसीको उपस्थितिरहेको थियो ।
भेलाले १७ सदस्यीय जनजाति सम्मेलन टोल समिति निर्माण गरिएको छ । जसमाः अध्यक्ष– हिरा बहादुर घर्तिमगर, उपाध्यक्ष– धनबहादुर घर्तिमगर, सचिव– प्रकाश घर्तिमगर, कोषाध्यक्ष– नन्दबहादुर घर्तिमगर, सदस्यमाः चित्र पुन, कुले घर्ति, गंगाराम घर्ति, पिर बहादुर घर्तिमगर, रेशमा घर्तिमगर, सुमी घर्ति, यमका घर्तिमगर, तनि घर्ति, थमि घर्तिमगर, गोरी बुढामगर, जिता घर्तिमगर र आइते रहनुभएको छ ।
त्यस्तै भेलाले ९ सदस्यीय महिला टोल समिति निर्माण गरिएको छ । जसमाः अध्यक्ष– रेसमा घर्तिमगर, उपाध्यक्ष– सुमी घर्तिमगर, सचिव– रितु घर्तिमगर, सहसचिव– यमका घर्तिमगर, कोषाध्यक्ष– सुस्मीता बुढामगर, सदस्यहरूमा क्रमशः जिता घर्तिमगर, थमी घर्तिमगर, गोरी घर्तिमगर र कुमारी घर्तिमगर रहनुभएको छ ।