हिमाचल राज्य अन्तर्गत रामपुर नगर समितिले आफ्नो २३औँ स्थापना दिवस कार्यक्रम जनवरी ५, २०२६ को सोमवार सम्पन्न पारेको छ।
Advertisement
समारोहमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय इतिहास र संगठनको आवश्यकता बारे गहकिला विचार राख्दै राज्य समितिका सदस्य चिन्ता बहादुर पुनले सम्वोधन गर्नु भएको थियो ।
कार्यक्रममा नगर समितिका धनिराम सेन्डल्य, लाल बहादुर रावत, प्रकाश कुमार, विमला शाही, नन्दलाल बुढा, सीमा श्रेष्ठ, शुष्मा योगी, सेते लगायतले विचार राख्नु भएको थियोे ।
कार्यक्रममा सहभागी सबैजना नेता कार्यकर्ता समर्थक शुभचिन्तक सबैको मूल प्रवाहको २०२६ को सदस्यता नविनीकरण गरिएको थियो ।
कार्यक्रम नगर अध्यक्ष सीता राम बुढाको अध्यक्षतामा तथा सोहन लाल ओलीको सञ्चालनमा सम्पन्न भएको थियो । कृष्णा माया थापाले स्वागत मन्तव्य राख्नु भएको थियो।

