पोखरा । कास्कीका कृयाशील राजनीतिक दलहरूले अमेरिकी साम्राज्यवादले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीको अपहरण गरेकोमा साम्राज्यवादको विरोधमा सभा गरेका छन् ।
Advertisement
२०८२ पुस २१ गते सोमबार उनीहरूले अमेरिकी साम्राज्यवादको विरोधमा सभा सम्पन्न गरेका हुन् ।
सभालाई राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट नारायण केन्द्रीय सदस्य अधिकारी, नेकपा (माओवादी) पोलिटब्युरो सदस्य सावित्रा दुरा (आस्था), नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल र वरिष्ठ अधिवक्ता तिलक पराजुलीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले मदुरो गिरफ्तारी अमेरिकी साम्राज्यवादको चरम दादागिरी भएको बताउँदै त्यसको विरुद्धमा विश्वका न्यायप्रेमी जनता एकजुन हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
