प्यूठान । पुस १९ गतेका दिन जनजाति सम्मलेनको साङ्गठनिक अभियानले प्युठान नगरपालिका अन्तर्गत वडा नं. ५ को जुम्रीकाँडा पुर्णागाउँमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले जनजाति समस्या, आन्दोलनका बारेमा, सम्मेलनका उपाध्यक्ष उषा पुनले जनजाति महिला समस्याका बारेमा, राष्ट्रिय जनमोर्चा ५ नं. वडाका निर्वाचित वडा अध्यक्ष नन्दराज पुनले वडाका विकास निर्माण र समस्याका बारेमा मन्तव्य राख्नुभएको थियो ।
भेलाले जनजाति सम्मेलन प्रेम रानामगरको अध्यक्षतामा वडा नं. ५ जुम्रीकाँडा पुर्णागाउँ टोल समिति गठन गरेको छ ।
जसमा उपाध्यक्ष– झविलाल पुनमगर, सचिव– डिलबहादुर पुनमगर, कोषाध्यक्ष– खुविलाल झागीमगर, सदस्यमा धनबहादुर पुनमगर, चिन्ता पुनमगर, झगी घर्तिमगर, रछाने झागीमगर, यमी पुनमगर, कुलमान झागीमगर, मनी पुनमगर, लक्षुमन घर्तिमगर रहनुभएको छ ।
भेलाले ५ नं. वडा पुणागाउँ महिला टोल समिति गठन,
अध्यक्ष– गिमा विक, उपाध्यक्ष– यमी पुन, सचिव– चिन्ता पुन, सहसचिव– भागी घर्ति, कोषाध्यक्ष– गोठी घर्ति, सदस्यमाः मनी पुनमगर, चिन्ता घर्तिमगर, रिमा विक, थमी देवी विक, दुमी घर्ति लछी पुन रहनुभएको छ ।