• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रवि, कुलमान र बालेनका बिचको एकता प्रक्रियाबारे डा.विजय मिश्रको सनसनीपूर्ण खुलासा


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • बासुदेव पोख्रेल ##

    Advertisement

    भृकुटी टि.भी.मा डा.विजय मिश्रको एउटा अन्तवार्ता प्रसारित भएको छ । त्यसमा उनले रवि, कुलमान र बालेनका बिचको एकता प्रक्रियाबारे कैयौँ विचारहरू प्रकट गरेका छन् । त्यसबाट उनीहरूको वास्तविक चरित्रलाई बुझ्नको लागि मदत पुग्नेछ भन्ने आशा गर्न सकिन्छ । त्यसबाट उनीहरूको चरित्र मात्र होइन, उनीहरूको सम्पूर्ण राजनीतिक गतिविधि समेत साम्राज्यवादी शक्तिहरूद्वारा सञ्चालित भएको कुरा बुझ्न पनि गाह्रो पर्दैन । त्यसबारे देशमा कैयौँ चर्चा वा परिचर्चा हुने गरेका छन् । डा. मित्रको भनाईले पनि त्यही कुरातिर संकेत गर्दछ ।

    उनले रवि, कुलमान र बालेनलाई एमसीसीवादी बताएका छन् । उनले यो पनि बताएका छन् कि पश्चिमाहरूले लाठी हानेर उनीहरूलाई मिल्न लगाएका हुन् । त्यसरी उनले “अमेरिकन अमेरिकन एक” भएको बताएका छन् । त्यसैले उनीहरूले एमसीसी, नेपालको राजनीति र राष्ट्रिय संकटबारे एक शब्द नबोलेको कुरा पनि त्यो अन्तरर्वातामा बताईएको छ । उनीहरूका वक्तव्यहरूमा खाली प्रधानमन्त्री वा सभापती पदबारे मात्र सहमती गरेको बताईन्छ । तर त्यो अर्न्तवार्तामा जलाउनेहरू एक ठाँउमा भएको कुरा पनि बताईएको छ । त्यो कुराको चर्चा गर्दै त्यो अर्न्तवार्तामा यो पनि बताईएको छ कि सर्वोच्चमा रविका मुद्दाहरू वा मिसिल भएको हुनाले त्यसलाई जलाउने काम गरिएको थियो । जहाँ जहाँ उनका मुद्दाका मिसिलहरू थिए, त्यहाँ त्यहाँ जलाउने काम गरिएको थियो ।

    उनको अन्तवार्तामा बालेन पहिले अमेरिकी नियोगको युथप्रन्टको संस्थापक संयोजक रहेको कुरा पनि बताईएको छ ।

    माथि डा. मिश्रले अगाडि ल्याएका तथ्यहरूले गम्भीर अर्थ राख्दछन् । आज देशमा रविप्रति जुन लोकप्रियताको लहर आएको भनिन्छ, त्यसको वास्तविक चरित्रलाई बुझ्नका लागि डा. मिश्रले गरेको संक्षिप्त चर्चाबाट धेरै नै मदत पुग्ने आशा गर्न सकिन्छ । ती तथ्यहरूले बताउछन् कि रविप्रति देखापरेको त्यस प्रकारको लोकप्रियता वास्तविकता माथि भन्दा लोकप्रियतावादी जस्तो गलत सोचाइको आधारमा नै बनेको कुरा प्रस्ट छ ।

    नेपालको राजनीतिमा पश्चिमा साम्राज्यवादी शक्तिहरूले जुन प्रकारको खेलवाड गरिरहेका छन्, त्यसप्रति देशका बुद्धिजीवीहरू वा आम जनताको पनि अत्यन्त कम ध्यान जाने गरेको छ । त्यसैको परिणाम हो कि त्रिमुर्तिलाई देशको राजनीति माथि चलखेल गर्ने अवसर प्राप्त भएको छ । ती तीन मुर्तिलाई डा. मिश्रको व्याख्या अनुसार अमेरिकन त्रिमुर्ति पनि भनेमा सायद फरक पर्ने छैन । यो स्पस्ट छ कि उनीहरूले नेपालको हित भन्दा अमेरिकाको साम्राज्यवादी हितलाई अगाडि बढाउन नै आफ्‌नो गतिविधि अगाडि बढाइरहेका छन् ।

    ती तीन मुर्तिको साथमा सुदन गुरुङको भूमिकालाई पनि सँगै राखेर हेरेमा अवश्य पनि फरक पर्ने छैन । किनभने उनले नै ती तीन जनालाई एकै ठाँउमा मिलाउन पर्दा पछाडिबाट काम गरिरहेको बताइरहेका छन् । जहाँसम्म उनको प्रश्न उनी ता ‘स्वतन्त्र त्तिब्बत’ समर्थक पनि रहेको कुरा सार्वजनिक नै भएके छ । त्यसरी उनी पूरै नै अमेरिकी साम्राज्यवादको समर्थक भएको कुरामा कुनै संका रहन्न । उनको बारबरा फाउण्डेससँगको सम्बन्ध र त्यसबाट प्रमुख रुपले करोडौँ रुपैयाँ लिएको कुराबाट पनि उनले नेपालमा अमेरिकी साम्राज्यवादको हीतको पक्षमा नै योजनावद्ध प्रकारले काम गरेको कुरा पनि प्रस्ट छ ।

    त्यसरी नेपालमा अमेरिकाले ठूलो सञ्जाल बनाएर नेपालमा आफ्‌नो रणनीति पूरा गर्न प्रयत्न गरेको कुरामा कुनै संका रहन्न । त्यस प्रकारको पृष्ठभूमिमा डा. मिश्रले जुन तथ्यहरू बहिर ल्याउने काम गरेका छन्, त्यो प्रसंशनिय कार्य हो । त्यसप्रति देशभक्त नेपाली जनताको ध्यान जान कति आवश्यक छ ? त्यो कुरा दिनको उज्यालो झैँ छर्लंग छ ।

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.