जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका कान्छो छोरा वर्ष ५८ का गोपाल बहादुर राना सम्पर्क विहिन हुनुभएको छ । उहाँ आज भन्दा करिब ४०वर्ष पहिला हिमाचल प्रदेशस्थित (PH Section Jangi UPO Jangi Tehsil Movang, Dist. Kinnaur, Himachal Pradesh Pin– 172109) को यस उल्लेखित ठेगनाबाट पत्रचार गरेका थिए । तर त्यसपछि उनले लामो समयदेखि घर परिवारसँग सम्पर्क गर्नु भएको छैन ।
Advertisement
तसर्थ तल दिएको फोटो या निज व्यक्तिलाई यदि कसैले देख्नु या भेटाउनु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वा मध्य दक्षिण क्षेत्रीय समितिका सचिव तिलक रानाको मोबाइल नम्बर +919701323011 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।