चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई नगर समितिका उपाध्यक्ष रवि अधिकारीलाई स्वदेश विदाई गरिएको छ ।
अधिकारीले नोकरीबाट अवकास पश्चात सदाको लागि स्वदेश जाने निर्णय लिए पछि उनलाई समाजको चेन्नई उत्तर नगर समितिले एक कार्यक्रम सहित विदाई गरेको हो ।
काशीराम शर्माको अध्यक्षता, कोटी प्रसाद पोख्रेलको सञ्चालनबाट अगाडि बढेको सो विदाई कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली समाज केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा नगर समितिका अध्यक्ष गोपाल विक, क्षेत्रीय सदस्य तथा चेन्नई उत्तर नगर समितिका कार्यवाहक सचिव विष्णु बहादुर सुनार, उत्तर नगर समिति सदस्य, मान बहादुर केसी, कपिलामणि शर्मा, भवानी प्रसाद, गोराथोकी, विष्णुबहादुर थापा क्षेत्री, धनबहादुर जिएमले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरूलाई रेशम बहादुर थापाले शब्दबाट स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि शर्माले दोसाला र अबिर लगाई सम्मान सहित विदाईको शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी उपस्थित सम्पूर्ण साथीहरूले अबिर र माला लगाई सम्मान गर्नुभएको थियो ।
अधिकारीले १९९६ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न समितिमा रही काम गर्दै आउनुभएको थियो ।