खलङ्गा । एकमहिने विशेष सङ्गठनात्मक अभियानअन्तर्गत प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ गायखर्कमा अखिल नेपाल जनजाति सम्मेलनको वडासमिति गठन भएको छ ।
महासचिव अमरध्वज राना र केन्द्रीय सदस्य हरि आलेको प्रशिक्षणपछि २०८२ पुस १३ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले गायखर्कमा जनजाति सम्मेलनको वडासमिति गठन गरेको छ ।
समितिको अध्यक्षमा हर्कबहादुर रोका तथा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश: खेतुलाल राहुमगर, भुमबहादुर घर्तीमगर र हीरा रोकामगर रहनुभएको छ ।
त्यस्तै सदस्यमा दीपा थापामगर, हीरा घर्तीमगर, लोकबहादुर घर्तीमगर, मोतिराम राहुमगर र मानबहादुर रोका मगर रहनुभएको छ ।
महिला सङ्घको पनि समिति
भेलाकै क्रममा अखिल नेपाल महिला सङ्घको पनि टोल समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा हीरा रोकामगर, उपाध्यक्षमा हीरा घर्तीमगर (क), सचिवमा हेमा घर्तीमगर, सदस्यमा केशरीकुमारी घर्ती मगर र हीरा घर्तीमगर (ख) रहनुभएको छ ।