• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट


  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • रुस । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्नुहुने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेट्नुहुनेछ, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहनुभएको छ ।

    Advertisement

    राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिनुभएको छ । पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ । भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

    राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भन्नुभएको छ । उहाँले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाउनुभयो । युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उहाँको भनाइ छ ।

    यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई बलियो समर्थन नै शान्तिको कडी भएको बताउनुभयो । प्रधानमन्त्री कार्नीले युक्रेनको पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड क्यानेडियन डलर थप सहयोगको घोषणा गर्नुभएको छ । उहाँले किएभमाथिको रुसी आक्रमणको निन्दा गर्दै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण सिर्जना गरेको श्रेय दिनुभयो ।

    हालैका हप्ताहरूमा अमेरिकी वार्ताकारहरूले अघि सारेको शान्ति प्रयासमा उल्लेख्य प्रगति भएको दुवै पक्षले जनाएका छन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा लगभग ९० प्रतिशत तयार भइसकेको छ । यस क्रममा अमेरिकाले नाटोका अन्य सदस्यलाई जस्तै युक्रेनलाई पनि केही सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ । युक्रेनले यस्ता ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न तयार रहेको सङ्केत राष्ट्रपति जेलेन्स्कीले दिनुभएको छ ।

    क्रिसमसको दिन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि छलफल गर्नुभएको थियो । उहाँले संवेदनशील विषयमा अझै काम बाँकी रहेको र आगामी हप्ता निर्णायक हुनसक्ने बताउनुभएको छ ।

    राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको ठूलो समय युक्रेन युद्ध अन्त्यका प्रयासमा खर्च गर्दै आउनुभएको छ । सन् २०२४ को चुनाव अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्ने दाबी गर्नुभएका उहाँले पछिल्लो समय यो प्रक्रिया जटिल रहेको स्वीकार गर्नुभएको छ । अक्टोबरमा ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्दा उहाँले दुवै पक्षलाई लडाइँ रोक्न आग्रह गर्दै हालको युद्धरेखामा रोक्नुपर्ने सङ्केत दिनुभएको थियो ।

    आइतबारको भेटअघि राष्ट्रपति जेलेन्स्कीले अझै नसुल्झेका मुख्य विषयमा क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोष रहेको बताउनुभएको छ । सुरक्षा ग्यारेन्टी र अनुगमन संयन्त्रसम्बन्धी प्राविधिक विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन् ।

    राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनले आफ्नो धारणा अमेरिकासमक्ष स्पष्ट गरिसकेको छ, जसलाई ट्रम्प प्रशासनले रुससमक्ष पुर्‍याउनेछ ।

    उहाँले पछिल्लो साता, यदि रुस पनि पछि हटे र पूर्वी क्षेत्र अन्तर्राष्ट्रिय निगरानीमा असैन्यीकृत क्षेत्र बनाइयो भने युक्रेन सेना फिर्ता लिन तयार हुनसक्ने बताउनुभएको थियो ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका–रुसबीच सम्पर्क जारी रहेको र वार्ता अघि बढाउने सहमति भएको पुष्टि गर्नुभएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेका चार क्षेत्र र क्रिमियालाई रूसी भूभागका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आउनुभएको छ । युक्रेनले ती सबै माग अस्वीकार गर्दै आएको छ ।

    विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्प रुसी मागप्रति केही हदसम्म ग्रहणशील देखिनुभएको छ । यदि युक्रेनले डोनबास क्षेत्रमा केही सम्झौता गर्‍यो र पश्चिमी शक्तिले रुसलाई आर्थिक प्रोत्साहन दिए, पुटिनलाई युद्ध अन्त्यतर्फ राजी गराउन सकिने सम्भावना ट्रम्प पक्षको आकलन रहेको बताइन्छ ।

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.