प्यूठान । अखिल नेपाल जनजाति सम्मेलनको एक महिने साङ्गठनिक अभियानअन्तर्गत पुस १२ गतेकै दिन स्वर्गद्वारी नगरपालिका अन्तर्गत वडानम्बर ३ को तामधारामा जनजाति सम्मेलनको भेला सम्पन्न भएको छ ।
Advertisement
भेलामा जनजाति सम्मेलन केन्द्रीय सदस्य हरि आले, केन्द्रीय सल्लाहकार एवं स्वर्गद्वारी नपाका उपमेयर मिनराज राना, राजमो जिल्ला समितिका इमानसिंह खड्का लगायत विभिन्न नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
भेलाले प्रेम बहादुर घर्तिको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– खुमान रोका, सचिव– सर्मिला रोका, कोषाध्यक्ष– थमि बुढामगर, सदस्यहरू क्रमशः पदम बहादुर रोका, भेग बहादुर रोका, कमल रोका, शुल बुढा र अर्जुन रोका रहनुभएको छ ।