खुम रायमाझी, कुवेत ।
Advertisement
कुवेतस्थित नेपाली राजदूताबासले आव २०८१/८२ मा ७८ जना मृतक तथा घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।
दूताबासले डिसेम्बर २३, २०२५ का दिन सार्वजनिक गरेको सूचनाअनुसार यसबापत ७३ हजार आठ सय अडचालिस कुवेती दिनार (नेरु सरदर तीन करोड ४० लाख) रकम सहयोग गरिएको हो ।
दूताबासले सो रकम नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत् पीडितका हकवालासमक्ष पठाइएको जानकारी गराइएको छ ।
क्षतिपूर्तिबापतको रकम एक सयदेखि २८ हजार चार सय ६७ कुवेती दिनारसम्म रहेको छ ।
