• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइतबार जानकारी दिएको छ । रिहा हुनेमा विद्यालयका बालबालिकासहित कर्मचारीहरू पनि रहेका छन् ।

    Advertisement

    नोभेम्बर २१ मा बन्दुकधारीहरूले नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यस्थित पापिरी समुदायको सेन्ट मेरी क्याथोलिक स्कूलमा आक्रमण गरी कम्तीमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षकलाई अपहरण गरेका थिए । घटनापछि केही घन्टामै ५० जना विद्यार्थी भाग्न सफल भएका थिए भने यस महिनाको सुरुआतमा थप १०० जना विद्यार्थी रिहा भएका थिए ।

    नाइजर राज्य प्रहरीका प्रवक्ता वासिउ अबियोडुनले विज्ञप्ति जारी गर्दै अपहरण गरिएका बाँकी समूह पनि सुरक्षित रूपमा मुक्त भएको बताउनुभयो । उहाँका अनुसार कर्मचारीसहित कुल १३० जना पीडितलाई रिहा गरिएको छ । विद्यालयका केही विद्यार्थी र शिक्षक अझै बेपत्ता छन् कि छैनन् भन्ने विषयमा सोधिएको प्रश्नमा उहाँले थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।

    राष्ट्रपति बोला टिनुबुका प्रवक्ता बायो ओनानुगाले सामाजिक सञ्जाल एक्समार्फत अपहरण गरिएका बाँकी १३० जना विद्यार्थी रिहा भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार मुक्त गरिएका विद्यार्थीहरू सोमबार नाइजर राज्यको राजधानी मिन्ना पुग्नेछन् र क्रिसमसका अवसरमा आफ्ना परिवारसँग पुनर्मिलन गर्नेछन् । उहाँले यो सफलता सैन्य गुप्तचरद्वारा सञ्चालन गरिएको विशेष अभियानपछि सम्भव भएको पनि बताउनुभयो ।

    राष्ट्रपतिका अर्का प्रवक्ता सन्डे डेयरले पनि सबै १३० जना विद्यार्थी सुरक्षित रूपमा मुक्त भएको र कोही पनि कैदमा नरहेको स्पष्ट पार्नुभयो ।
    नोभेम्बर २१ को उक्त अपहरणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर स्थानीय बासिन्दाहरूले नाइजेरियाको उत्तर क्षेत्रमा सक्रिय सशस्त्र गिरोहहरूले फिरौतीका लागि विद्यालय र यात्रुहरूलाई लक्षित गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

    नाइजर राज्यको यो घटना हालैका सामूहिक अपहरणहरूमध्ये एक हो । यसअघि छिमेकी केब्बी राज्यमा २५ जना विद्यालय विद्यार्थी अपहरणमा परेका थिए भने दक्षिणी क्वारा राज्यको एउटा चर्चबाट अपहरण गरिएका ३८ जना उपासकहरू पनि गत महिना रिहा भएका थिए ।

    राष्ट्रपति टिनुबुमाथि देशभित्र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट पनि सुरक्षा सङ्कटलाई लिएर दबाब बढिरहेको छ । ट्रम्पले नाइजेरियामा इसाई समुदाय लक्षित हुने गरेको आरोप लगाउँदै आउनुभएको छ ।

    नाइजेरियाका अधिकारीहरूले यस्ता उद्धार अभियानबारे प्राय : कम विवरण सार्वजनिक गर्ने गर्छन् र अपहरणसम्बन्धी घटनामा गिरफ्तारीहरू दुर्लभ छन् । विश्लेषकहरूका अनुसार धेरैजसो अवस्थामा फिरौती तिरेर अपहरण अन्त्य गरिन्छ, यद्यपि सरकारी निकायहरूले फिरौती भुक्तानी भएको स्वीकार गर्ने गरेका छैनन् ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.