• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘सङ्घीयता क्यान्सरजस्तै हो’ राजमो उपाध्यक्ष पौडेल– ‘धन सिध्याउँछ तर बिरामी बाँच्दैन’


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले नेपालमा सङ्घीयतालाई क्यान्सर रोगको संज्ञा दिनुभएको छ ।

    Advertisement

    २०८२ पुस ६ गते आइतबार प्युठानको बिजुवारमा आयोजित जनगारणसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘नेपालको सन्दर्भमा सङ्घीयता क्यान्सर रोगजस्तै हो’ उहाँले भन्नुभयो– ‘जसले धनजति सबै सिध्याउँछ तर बिरामी पनि बाँच्दैन ।’

    नेपालमा विदेशी स्वार्थका कारण सङ्घीयता भित्राइएको स्मरण गर्दै उहाँले आठओटा सरकार चलाउन नसकिने स्पष्ट भएको ठोकुवा गर्नुभयो ।

    उहाँले प्रश्न गर्नुभयो– ‘हामीले आफ्नो आन्तरिक आयले एउटा सरकार सञ्चालन गर्न सक्दैनौँ भने आठ/आठओटा सरकार कसरी सञ्चालन गर्न सकिन्छ ?’

    सङ्घीयताका कारण देशको विकास निर्माण कुण्ठित हुँदै गएको धारणा उहाँले राख्नुभयो ।

    ‘सङ्घीयताले गर्दा देशको विकास निर्माण कुण्ठित भएको छ’ उहाँले भन्नुभयो– ‘यसलाई जति सक्यो छिटो खारेज गर्नुपर्दछ, नत्र यसले देशको राष्ट्रियतालाई सिध्याउनेछ ।’

    भ्रष्टाचार र जेनजी आन्दोलन

    मन्तव्यको क्रममा उहाँले सत्तामा पुगेका राजनीतिक दलहरूको भ्रष्ट चरित्रकै कारण देश जेनजी आन्दोलन उठेको दाबी गर्नुभयो।

    उपाध्यक्ष पौडेलले भन्नुभयो– ‘आजसम्म सत्तामा पुगेका राजनीतिक दलले चरम भ्रष्टाचार नै गरे । त्यसैको परिणामस्वरूप गत भदौ २३–२४ गते जेनजी आन्दोलन उठेको थियो ।’

    राजमोले सुरुदेखि नै भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदै आइरहेकोमा जेनजी आन्दोलनले पनि त्यही मुद्दा उठाएकाले आफूहरूले समर्थन गरेको स्मरण गर्नुभयो ।

    ‘जेनजी आन्दोलनप्रति हाम्रो समर्थन थियो’ उहाँले भन्नुभयो– ‘कानुन नबनाईकन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको र भ्रष्टाचारको विरोध दुवै मागप्रति राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।’

    राजमो भने भ्रष्टाचार विरोधी पार्टी नभएको उहाँको किटानी थियो ।

    ‘सबै सत्तारूढ राजनीतिक पार्टीमाथि भ्रष्टाचारको कलङ्क लागेको छ तर राष्ट्रिय जनमोर्चा मात्रै निष्कलङ्क छ’ उहाँले भन्नुभयो ।

    साम्राज्यवादी खतरा गम्भीर

    जेनजी एउटा उमेरसमूह मात्रै भएको बताउँदै उहाँले खालि जेनजी भएकै कारण जनतालाई राहत नमिल्ने धारणा उहाँको थियो ।

    ‘२०१० सालमा प्युठानमा जनता शिविर सञ्चालन गर्दा मोहनविक्रम सिंह पनि जेनजी हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘तर अहिले जेनजी आन्दोलन भनिएकासँग सही राजनीतिक विचार छैन । नेतृत्व छैन । त्यसैले त्यसलाई अमेरिकी साम्राज्यवादले उपयोग गर्‍यो ।’

    उहाँले अमेरिकी साम्राज्यवादको ग्राइन्ड डिजाइनबाट जेनजी आन्दोलन चलेको ठोकुवा गर्नुभयो ।

    प्रवक्ता पौडेलले भन्नुभयो– ‘चीनको विरुद्धमा अमेरिकी साम्राज्यवादी स्वार्थ पूरा गर्न नेपालमा समेत जेनजी आन्दोलन उठाइयो ।’

    अमेरिकाले बङ्गालदेशमा विध्वंस मच्याइसकेको स्मरण गर्दै उहाँले त्यहाँ अहिले पनि विध्वंस भइरहेको र त्यसको थप झिल्का नेपालमा आउन सक्ने सम्भावना व्यक्त गर्नुभयो ।

    चुनाव अनिश्चित

    चुनावको सन्दर्भमा धारणा राख्दै फागुन २१ गतेको निर्वाचन अझै सुनिश्चित भइनसकेको बताउनुभयो ।

    ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सुनिश्चित छैन’ उहाँले भन्नुभयो– ‘यदि साम्राज्यवादी एजेन्टले चुनाव जित्ने ग्यारेन्टी भयो भने चुनाव हुनेछ नत्र चुनाव सारिन सक्दछ ।’

    नेपालमा पुराना राजनीतिक दल र जेनजी दुवैलाई मदारीले झैँ नचाउने गरेको उहाँको बुझाइ थियो ।

    नेपाली जनताले इतिहासमा गुलामी नबेहोरेकाले गुलामी थाहा नपाएको स्मरण गर्दै पौडेलले भन्नुभयो– ‘भारतझैँ नेपाली जनता साम्राज्यवादको गुलाम बन्नुनपरोस्—त्यसका लागि नेपाली जनता सचेत बन्नुपर्दछ ।’

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.