• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सामाजिक सञ्जाल बन्द नगर्न मैले आग्रह गरेको थिएँ : रघुजी पन्थ


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • प्रलेस श्याम प्रसाद स्मृति पुरस्कारसहित विभिन्न साहित्यिक पुरस्कार वितरण

    Advertisement

    काठमाडौँ । आफूले तत्काल सामाजिक सञ्जाल बन्द नगर्न आफूले आग्रह गर्दागर्दै केपी ओलीले अस्वीकार गरेको नेकपा (एमाले) का उपाध्यक्ष रघुजी पन्थले बताएका छन् ।

    पन्थले पुस पाँच गते, शनिबार सम्पन्न प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा सम्पन्न ‘प्रलेस पुरस्कार समर्पण’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो ।

    “मैले मेटा सामाजिक सञ्जाललाई तत्कालै नियमन गर्ने विषयमा सोंच्नु पर्दछ भनेको थिएँ’, प्रमुख अतिथि पन्थले भने– ‘तत्कालिन प्रधानमन्त्रीले मन्नु भएन, उहाँ झोंक्की हुनुहुन्छ, बन्द गरिहाल्नु भयो ।’ पन्थले नेपालका स–साना उद्योग कलकारखानाहरूले राज्यलाई कर तिर्नुपर्ने तर मेटा एउटा कम्पनीले नेपालको सार्वभौमसत्ता स्वीकार नगर्नु दुखद भएको बताए ।

    सामाजिक सञ्जालका कैयौँ राम्रा पक्षहरू हुँदाहुँदै पनि त्यसले वर्तमान समाजलाई अध्ययनबाट विमुख बनाएको पन्थको भनाई थियो । ‘साहित्यले समाजको चेतना निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणमा खेल्ने भूमिका खेल्नु पर्ने हुन्छ’ पन्थले जोड दिए ।

    नेपाल प्रगतिशील लेखक संघ (प्रलेस) द्वारा प्रदान गरिने श्याम प्रसाद स्मृति नामका विभिन्न साहित्यिक पुरस्कार यस वर्षका लागि योग्य स्रष्टाहरूलाई प्रदान गरिएको छ। प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्न उक्त पुरस्कार प्रदान गरिएको हो ।

    यस वर्षको प्रलेस श्याम प्रसाद स्मृति पुरस्कार प्रगतिशील साहित्यकार ईश्वर चन्द ज्ञवालीलाई प्रदान गरिएको छ । त्यस्तै प्रलेस प्रतिभा पुरस्कार (श्यामप्रसाद स्मृति) लेखक तथा राजनीतिज्ञ अनिल शर्मालाई प्रदान गरिएको छ । प्रलेस अन्तर्गत पुरस्कार वितरक समितिका संयोजक समिर सिंहले जानकारी दिए ।

    सिंहका अनुसार प्रलेस बाल साहित्य पुरस्कार (श्यामप्रसाद स्मृति) बाल साहित्यकार सुशिला प्रधानलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रलेस युवा पुरस्कार (श्याम प्रसाद स्मृति) युवा लेखक तथा साहित्यकार रूपक अलंकारलाई प्रदान गरिएको छ ।

    उक्त पुरस्कारहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा प्रलेसका सल्लाहकार रघुजी पन्थद्वारा पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा प्रलेसका पदाधिकारी, साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.