नयाँदिल्ली । अर्घाखाँची शीतगङ्गा नगरपालिका–२ सीतापुरका ४५ वर्षीय विक्की परियारको भारत रोहतकमा निधन भएको छ ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिमा कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेपालीको २०८२ पुस ३ गते बिहीबार बिहान निधन भएको हो ।
मूल प्रवाहका केन्द्रीय सल्लाहकार ठाकुर खनालका अनुसार परियारको अर्गान फेलियर (मानव अङ्गले काम नगरेको अवस्था) का कारण रोहतककै पिजिआई अस्पतालमा निधन भएको हो ।
परियारको शव नेपाल लैजाने तयारी भइरहेको मूल प्रवाह रोहतकका अध्यक्ष सुवास गौतमले जानकारी दिनुभयो ।
उनको परिवारमा श्रीमती अनिता, दुई छोरा र दुई छोरी रहेका छन् ।