• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतीय टेलिभिजनः ‘इडियट बक्स’ अर्थात मूर्ख बाकस


  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । वरिष्ठ भारतीय पत्रकार डा. वेदप्रताप वैदिकले नेपालमा भरतीय समाचार च्यानललाई स्वतस्फूर्तरुपमा बन्द गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा एउटा टिप्पणी लेखेका छन् । टिप्पणीमा उनले ५० वर्षअघि नै भारतीय टेलिभिजनलाई अमेरिकामा ‘इडियट बक्स’ अर्थात मूर्ख बाकस भन्ने गरिएको खुलासा गरेका छन् । उनको टिप्पणी सान्दर्भिक हुने ठानेर भाषानुवाद गरी हामीले यहाँ प्रस्तुत गरेका छौं ।

    Advertisement

    यस्तो छ, डा. वैदिकको टिप्पणी
    नेपालले भारतका समाचार च्यानल (टेलिभिजन) माथि प्रतिबन्ध लगाइदिएको छ, अब नेपालमा खालि दूरदर्शन मात्र प्रसारण हुने छ । यो प्रतिबन्ध यसकारण लगाइयो, नेपालका प्रधानमन्त्री खड्कप्रसाद ओली र चिनियाँ महिला राजदूत होउ यान्छीको बारेमा हाम्रो कुनै टेलिभिजन च्यानलले केही आपत्तिजनक टिप्पणी गरे र कुनै समाचार पत्रले ओलीको विरुद्ध हास्यमूलक कार्टुन पनि छापे ।

    ओली सरकारको यो आक्रामक प्रतिक्रिया स्वाभाविकै छ । किनकि, उनको प्राण यतिखेर सङ्कटमा अड्किएको छ । तर नेपालको यस कारबाहीको सन्देश हाम्रा च्यानलका लागि प्रष्ट छ । पहिलो कुरा त यो हो, नेपालले दूरदर्शनमाथि प्रतिबन्ध किन लगाएन? त्यसलाई यथावत किन राख्यो ? किनकि यहाँ गैरजिम्मेवार समाचारको प्रसारण र बहस प्रायः हुने गर्दैनन् । यदि कहिलेकाहीँ त्यस्तो भयो—जस्तो कि चिनियाँ राष्ट्रपतिको नामलाई गलत प्रकारले उच्चारण गर्ने सन्दर्भमा भएको थियो–भने पनि त्यस विषयमा तुरुन्त कारबाही गरिन्छ ।

    तर तथ्य यो पनि हो, दूरदर्शनको तुलनामा गैरसरकारी च्यानलको दर्शक सङ्ख्या धेरै हुन्छ । यस्तो किन हुन्छ ? किनकि, उनीहरू आफ्ना करोडौँ दर्शकलाई लोभ्याउन, टिकाइराख्नका लागि चटपटे, उत्तेजक र अश्लील दृष्य तथा अभिव्यक्ति राम्रैसँग देखाउँछन् । तिनीहरूमाथि चल्ने बहसमा राजनीतिक दलका प्रवक्ता एकअर्कोमाथि हमला गर्दछन् । त्यसो गर्दा उनीहरूमध्ये धेरैजसोले शिष्टता र शालीनताको मर्यादा भङ्ग गर्दछन् । च्यानलका प्रस्तोतासमेत ती वार्ताकारभन्दा अझै जोरसित चिच्याउँछन् । जुन विषयमा बहस हुन्छ, त्यसका विशेषज्ञ र विद्वान त कहिलेकाहीँ मात्र त्यहाँ देखिन्छन् ।

    टिभीको बाकसलाई अमेरिकामा पचास वर्षपहिले ‘इडियट बक्स’ अर्थात् मूर्ख बाकस भनिन्थ्यो, त्यो आजभोलि प्रत्यक्ष रूपमा देख्न, सुन्न सकिन्छ । त्यतिबेला कोलम्बिया विश्वविद्यालयका मेरा प्रोफेसर साथी त्यसलाई ‘मूर्ख बाकस’ किन भन्दथे ? त्यो कुरा आजभोलि मैले राम्ररी मनन् गरिरहेको छु ।

    यसमा शङ्का छैन, हाम्रा केही समाचार च्यानल र केही टेलिभिजन प्रस्तोताका आचरण सबै पत्रकारका लागि अनुकरणीय छ । तर धेरैजसो च्यानलको आचरण र हाम्रा छिमेकी देशका च्यानल पनि मर्यादित हुनुपर्ने आवश्यकता त्यत्तिकै छ । यो काम सरकारले गर्नुपर्दछ । राम्रो यही हुने छ, यो काम ती समाचार च्यानलका मालिकले गरुन् ।

    नेपाल सरकार यतिखेर अन्यौलतामा परिरहेको छ । उसले केही नेपाली च्यानलमाथि पनि प्रतिबन्ध लगाउँदै छ । त्यसैले यसले भारतीय च्यानलका विरुद्ध यति कडा कदम उठायो । तर ओली विरोधी नेपाली नेताहरू भारतीय समाचार च्यानलमाथिको प्रतिबन्धप्रति समर्थन जनाइरहेका छन् । यो असम्भव छैन, केही च्यानलका विरुद्ध नेपाल सरकारले मानहानीको मुद्दा पनि चलाउन सक्छ ।

    राम्रो त यही हुने छ, यतिखेर ओली आफ्नो सरकार बचाउन ध्यान दिउन् । च्यानलमा बोलिने वाक्यांश र त्यहाँ चल्ने नौटङ्कीमाथि दर्शकहरूले कति पो ध्यान दिन्छन् र ?यता बोलिन्छ, उता हावामा उडिहाल्छ ।
    (अनु. प्रकाश थापा मगर)

    आइतबार, असार २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.