खलङ्गा । प्युठानको स्वर्गद्वारी नगरपालिका मालारानीमा अखिल नेपाल जनजाति सम्मेलनको टोल समिति गठन भएको छ ।
केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी नेतृत्वको टोलीले २०८२ पुस १ गते मङ्गलबार आयोजना गरेको भेलामाझ सो समिति गठन गरिएको हो ।
प्युठानको स्वर्गद्वारी र माण्डवीमा सुचारु एकमहिने विशेष सङ्गठनात्मक अभियानअन्तर्गत पर्चा वितरण, भेटघाट, सदस्यता वितरण, प्रशिक्षणसँगै सो स्थानमा जङ्गबहादुर घर्तीमगर अध्यक्ष रहनुभएको १५ सदस्यीय टोल समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश: यमराज पुनमगर, मानबहादुर रोका, युवराज रोका र टिका घर्तीमगर रहनुभएको छ ।
समितिको सदस्यमा पूर्णमान पुन, भीमा घर्तीमगर, इन्द्रा पुन, मानबहादुर रोका, चित्रबहादुर पुन, शुक्रराज रोका, चेतमान घर्तीमगर, टेकबहादुर घर्तीमगर र समीर रोका रहनुभएको छ ।
कार्यक्रमअघि केन्द्रीय अध्यक्ष बुढाथोकीले जेनजी, जनजाति आन्दोलन, समसामयिक राजनीति र फागुन २१ गतेको निर्वाचनलगायतका विषयमा चर्चा चलाउनुभएको थियो ।
अध्यक्ष बुढाथोकीका अनुसार पुस २ गते अन्य टोलमा साङ्गठनिक अभियान सञ्चालन गर्ने तथा पुस ३ गते वडा नं. २ को खालमा बृहत् सभा गर्ने कार्यक्रम रहेको छ ।