• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विपदबाट बच्न सुगम र सुरक्षित ठाउँमा ग्रामीण बस्ती विकास गर्न आवश्यकः राजमो


  •   शनिबार, असार २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा गएको बाढी र पहिरोबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति प्रकाशित गरी विपदबाट पूर्वतयारी गर्न र जोगिन सुगम र सुरक्षित ठाउँमा ग्रामीण बस्ती विकास गर्न जोड दिनुभएको छ ।

    यस्तै, वक्तव्यमा केसीले भारतीय च्यानलहरुले नेपालविरुद्ध गरिरहेको पित पत्रकारितालाई नेपालमा प्रशारण रोक्न केवल नेटवर्क व्यवसायीहरुले गरेको प्रयासको सराहनासमेत गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छः
    ‘१) यही असार २५ र २६ गते भारी वर्षाका कारणले बाढी र पहिरोमा परी म्याग्दी, कास्की, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट लगायतका जिल्लाहरूमा ठुलो जन, धनको क्षति भएको छ । अझ कैयौँ व्यक्तिहरू बेपत्ता छन् । केही दिन अगाडि पनि बाढी, पहिरोका कारण जन, धनको क्षति भएको थियो । त्यसरी बाढी, पहिरोमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोक सन्तप्तप्रति समवेदना प्रकट गर्दछौँ । ती ठाउँहरूमा तत्काल उद्दार गर्न र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ । पार्टी सदस्य, कार्यकर्ता तथा समितिहरूलाई पनि उद्दार कार्य र राहत कार्यमा जुट्न अनुरोध गर्दछौँ ।

    २) नेपालमा बाढी, पहिरो र डुबानको समस्या नयाँ होइन । प्रायः वर्षेनी यस प्रकारले ठुलो जन, धनको क्षति हुने गरेको छ । दुर्गम पहाडी क्षेत्रमा मात्र होइन नगरपालिका घोषणा गरिएका क्षेत्रमा पनि बाढी, पहिरोका घटनाहरू भएका छन् । तराईमा नदी कटान र डुबानका समस्याहरू भइरहेका छन् । तर, सरकारले यसबारे न राम्रो पूर्व तयारी गर्ने गरेको छ, न दीर्घकालीन समाधानको योजना बनाएको छ । हामीले प्राकृतिक प्रकोपका लागि पूर्व तयारी गर्न र दीर्घकालीन समाधानका लागि जोड दिँदै आएका छौँ । बाढी, पहिरोका जोखिममा रहेका र छरिएर रहेका घर वस्तिहरूमा बिजुली, पानी, बाटो आदि आधारभूत संरचना निर्माण गर्न वा सुविधा पुर्‍याउन ठुलो खर्च समेत लाग्ने हुनाले त्यसको समाधानको लागि सुगम र सुरक्षित ठाउँमा ग्रामीण वस्ति विकास गर्न हामीले जोड दिँदै आएका छौँ ।

    ३) अहिले कोशी र नारायणी नदीमा पानीको वहाव खतराको विन्दु भन्दामाथि पुगेको छ । ठुलो वर्षा अझै जारी छ । कोशी ब्यारेजको संरचना भारतीय पक्षको अधीनमा छ । कोशी ब्यारेजका ५६ वटा ढोकाहरूमध्ये ३३ वटा ढोकाहरू मात्र खोलिएको स्थिति छ र त्यहाँ कैयन् बस्ती डुबानमा पर्ने गम्भीर खतरा छ । नारायणी नदी किनार र भैसालोटनको पश्चिमतर्फका बस्ती र खेतीपातीमा ठुलो नोक्सान हुने स्थिति छ । भारतले अन्तर्राष्ट्रिय सिमा सम्बन्धी प्रोटोकलको उल्लङ्घन गर्दै नेपालको सिमाना नजिकै निर्माण गरेका बाटो, बाध आदिले पनि वर्षेनी नेपालतर्फको जमिन ढुबानमा पर्ने गरेको छ । नदी, खोलाको प्राकृतिक वहावलाई रोकेर नेपालको वर्षेनी ठुलो जन, धनको क्षति हुने गरेको छ । यसतर्फ हामीले सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ । जनस्तरमा पनि भारतीय साम्राज्यवादको अन्यायपूर्ण कार्यका विरुद्ध ऐक्यवद्धताको आवश्यकतामाथि जोड दिन्छौँ ।

    ४) भारतीय संचार मिडियाहरूले नेपालका प्रधानमन्त्री केपी ओली र नेपाल सरकारका विरुद्ध तथ्यहीन, भ्रामक र अनर्गल प्रचारको अभियान नै चलाएका छन् । त्यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा समेत आँच पुर्‍याएको छ । छिमेकी मित्र देश चीनसँगको नेपालको सम्बन्धका बारेमा तथ्यहीन समाचार सम्प्रेषण गरिएको छ । त्यसले ती मिडियाहरूको निम्न स्तर वा पीत पत्रकारितालाई जनाउँछ । भारतको प्रेस कानुन र व्यवस्थापन निम्न स्तरको छ वा भारत सरकारले नै त्यसरी नेपालका विरुद्ध अनर्गल प्रचार गर्न उक्साएको छ । यसले दुई देश बिचको सम्बन्धमा थप नकारात्मक प्रभाव पारेको छ । त्यसका विरुद्ध नेपालका केवल संचालकहरूको संस्थाले भारतीय न्यूज च्यानललाई नेपालमा प्रसार गर्न बन्द गरिदिएका छन् । त्यसलाई हामीले सकारात्मक र देशभक्ति पूर्ण कदम मान्दछौँ ।’

    शनिबार, असार २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.