• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सरकारको पहिलो काम जनजीविकाको सम्बोधन हुनुपर्नेमा संसदको हत्या : भट्ट (भिडियोसहित)


  •   शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले कुनै पनि सरकारको पहिलो काम जनजीविकाको सम्बोधन गर्ने हुनुपर्नेमा सुशीला कार्की सरकारको पहिले काम जननिर्वाचित संसद्को हत्या गर्नु रहेको बताउनुभएको छ ।

    २०८२ मङ्सिर २७ गते शनिबार नेकपा (एमाले) को एघारौँ महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘कुनै पनि सरकारको पहिलो काम जनजीविकाको सम्बोधन गर्नु हुन्छ’ उहाँले भन्नुभयो– ‘तर सुशीला कार्की सरकारको पहिलो काम भनेकै जननिर्वाचित संसद् विघटन गर्नु रह्यो ।’

    जेनजी आन्दोलनको नाममा जननिर्वाचित संसद् र सरकार विघटन गरेर असंवैधानिक सरकार गठन गर्ने काम भएको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘जनताबाट निर्वाचित नागरिक सरकार विघटन गरेर झन् असंवैधानिक सरकार गठन गर्ने काम भयो ।’

    कार्की सरकारको संसद् विघटन गर्ने कार्यलाई उहाँले महेन्द्र र ज्ञानेन्द्रले जस्तै प्रतिगामी कदमको संज्ञा दिनुभयो ।

    ‘जसरी राजा महेन्द्र र ज्ञानेन्द्रले जननिर्वाचित संसद् विघटन गरेका थिए, त्यस्तै काम कार्की सरकारले गर्‍यो’ उहाँले भन्नुभयो ।

    सङ्क्षिप्त मन्तव्यको क्रममा जेनजी आन्दोलनको आवरणमा देश अर्कैले चलाउँछ भन्ने पुष्टि भएको महासचिव भट्टको भनाइ थियो ।

    ‘जेनजी आन्दोलनबाट देश अर्कैले चलाउँछ भन्ने पुष्टि भएको छ’ उहाँले भन्नुभयो– ‘साम्राज्यवादीले चेतावनी दिएका छन्, यदि तिमीले हामीले भनेको मानेनौँ भने तिमीहरूकै मान्छे प्रयोग गरेर तिमीहरूकै विरुद्ध काम गराउनेछौँ ।’

    जेनजी आन्दोलनका लागि अर्बौं रकम लगानी गरी साम्राज्यवादीले उनीहरूका मुद्दालाई हाईज्याक गरेको उहाँको विश्लेषण थियो ।

    ‘जेनजीले सामाजिक सञ्जालमाथिको रोक र भ्रष्टाचारको विरोध गरेका थिए’ उहाँले भन्नुभयो– ‘साम्राज्यवादीले जेनजीको मुद्दा हाईज्याक गरे ।’

    दोष कसलाई दिने ?

    महाधिवेशनलाई शुभकामना दिँदै महासचिव भट्टले २०६३ सालपछि पालैपालो गणतन्त्र पक्षधर राजनीतिक शक्ति नै सत्तामा आएकाले अहिलेको यो अवस्थाका लागि को जिम्मेवार छ भनेर विचार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘२०६२–६३ सालको जनआन्दोलनपछि पालैपालो गणतन्त्र पक्षधर पार्टी नै सत्तामा पुगेका छन्’ उहाँले प्रश्न गर्नुभयो– ‘एमालेको यो महाधिवेशनले पनि विचार गर्नुपर्दछ, अहिलेको अवस्थाका लागि दोष कसलाई दिने हो ?’

    आफ्नो गाँठ बलियो बनाए छिमेकीलाई दोषी दिनुनपर्ने लोकोक्तिको उदाहरण दिँदै उहाँले एमाले यसबारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।

    ‘जेनजी आन्दोलनको निशाना गणतन्त्र पक्षधर राजनीतिक पार्टी किन भए ? शासकीय स्वरूप र जनजीविकाको समस्यालाई सम्बोधन गर्नमा कहाँनेर कमजोरी भयो ? यसबारे एमालेको यो महाधिवेशनले विचार गरोस्’ उहाँले भन्नुभयो ।

    उहाँले एमाले महाधिवेशनको भव्य सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

    शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.