नयाँ दिल्ली । भारतको महाराष्ट्रमा किडनी तस्करबाट ११ वर्षिय नेपाली बालक प्रकाश सार्कीको अपहरण पछि गरिएको हत्याको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घोर निन्दा तथा भर्त्सना गरेको छ ।
Advertisement
समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले एक वक्तव्य जारी गरी सो भर्त्सना गर्नुभएको हो । अध्यक्ष पौडेलले यसप्रकारको पाशविक र क्रुर घटनाको जती भर्त्सना गरे पनि कम हुने बताउनु भएको छ । यस्तो पाशविक र क्रूर घटनाको हामी कडा शब्दमा निन्दा गर्नुभएको छ ।
अध्यक्ष पौडेलले यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी संलग्न अपराधीक गिरोहलाई कानुनी कठघरामा ल्याई हदैसम्मको कारबाही गर्न भारत सरकार तथा सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।