• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वैदेशिक चलखेलका कारण जेनजीको नाममा विध्वंसकारी गतिविधि बढेको महामन्त्री सिंहको दाबी


  •   शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
  • जुमानसिंह केसी, खलङ्गा ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वैदेशिक चलखेलका कारण जेनजी आन्दोलनको नाममा विध्वंसकारी गतिविधि बढ्दै गएको बताउनुभएको छ ।

    २०८२ मङ्सिर २६ गते शुक्रबार प्युठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिंहले जेनजी आन्दोलनको नाममा विदेशी चलखेल बढेको बताउनुभयो ।

    ‘नेपालका कैयौँ आन्दोलन र परिवर्तनमा युवाविद्यार्थीको ठुलो भूमिका रहँदै आएको वास्तविक हो’ महामन्त्री सिंहले भन्नुभयो– ‘तर अहिले जेनजीको नाममा विदेशी चलखेल ठुलो छ ।’

    वास्तविक जेनजीको जायज मागमा पार्टीको समर्थन भएता पनि जेनजी आन्दोलनलाई उपयोग गर्दै प्रतिगामी र वैदेशिक चलखेल बढेको उहाँको धारणा थियो ।

    वास्तविक जेनजीले उठाएका माग सकारात्मक रहेको औँल्याउदै सिंहले वैदेशिक घुसपैठ र चलखेलका कारण देशले मानवीय तथा आर्थिक क्षति ब्यहोर्नुपरेको स्पष्ट पार्नुभयो ।

    ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु वास्तविक जेनजीको माग थियो । त्यसलाई हामी समर्थन गर्छौ’ महामन्त्री सिंहको भनाइ थियो– ‘घुसपैठका कारण आन्दोलन नियन्त्रणबाहिर गयो ।’

    ठुला राजनैतिक दलको कारण देशमा वैदेशिक चलखेल बढेको पनि महामन्त्री सिंहको भनाइ थियो ।

    अमेरिकी तथा भारतीय साम्राज्यवादको डिजाइनमा देशमा सङ्कट बढेको सिंहले बताउनुभयो ।

    तत्कालीन सरकार र सरकारको नेतृत्वमा रहनुभएका केपी शर्मा ओलीका कारण जेनजीको नाममा देशमै विध्वंसकारी गतिविधि अघि बढेको महामन्त्री सिंहको आरोप छ ।

    ‘जेनजी आन्दोलन उठ्नुको प्रमुख कारण ओलीको प्रतिगामी सोच र अधिकायकवादी प्रवृत्ति नै प्रमुख कारण हो’ सिंहले भन्नुभयो– “आन्दोलनको क्षतिको प्रधानमन्त्रीको हैसियतले पूर्ण जिम्मेवारी लिनुपर्छ ।’

    भ्रष्टाचार नियमन गर्नुको साटो प्रश्रय दिदै जानु, सामाजिक सञ्जालको नियमन गर्नुभन्दा बन्देज गर्न तर्फ अगाडि बढ्दा मुलुकमा आम नागरिकप्रति प्रतिशोध निम्तिएको र त्यसको फाइदा वैदेशिक शक्तिले उपयोग गरेको सिंहको आरोप छ ।

    वास्तविक जेनजीको चेतना स्तरवृद्धि गर्दै नेपालको क्रान्तिकारी मुभमेन्ट अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको सिंहले औल्याउनुभयो ।

    जेन्जी अवस्थामै आफू पार्टी र क्रान्तिमा होमिएको स्मरण गर्दै सिंहले कैयौँ नेताहरूले जेनजी अवस्थादेखि नै देशको क्रान्तिकारी परिवर्तनमा महत्त्वपूर्ण योगदान गरेकोसमेत स्मरण गर्नुभयो ।

    निर्वाचनमा कसैसँग तालमेल गर्दैनौँ

    जेनजी आन्दोलनपछि संसद् विघटन र आगामी निर्वाचनलाई केन्द्रित गर्दै पत्रकारको प्रश्नको जबाफ दिने क्रममा उहाँले आगामी निर्वाचनमा कुनै दलसँग तालमेल नगर्ने स्पष्ट पार्नु भयो ।

    ‘पार्टीको नवौँ महाधीवेशनले कुनै दलसँग तालमेल नगरी एकल उम्मेदवारी दिने नीति अपनाएको छ । सोहीअनुसार हामी निर्वाचनमा कुनै दलसँग तालमेल गर्दैनौँ’ सिंहले भन्नुभयो ।

    चुनावी तालेमेलमा कैयौँ दलबाट धोका ब्यहोर्नुपरेका कारण कुनै दलसँग तालमेल नगर्ने अहिलेको पार्टीको नीति रहेको उहाँको भनाइ छ ।

    ‘चुनावी तालमेलमा हामी इमानदारिता प्रस्तुत गर्‍यौँ तर हामीसँग तालमेल गरेका कैयौँ शक्तिबाट हामीलाई धोका भयो’ उहाँले भन्नुभयो– “त्यसैले हामीले कुनै दलसँग तालमेल गर्ने नीति भङ्ग गरेका छौँ ।’

    प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्युठान जिल्ला अध्यक्ष प्रज्ज्वल पहाडीको अध्यक्षतामा अघि बढेको उक्त पत्रकार भेटघाटमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो नेता सुरेश थापा र बासुदेव पोख्रेल, नेकपा (मसाल) का प्युठानका प्रवक्ता राम पहाडीको पनि उपस्थिति रहेको थियो ।

    प्रगतिशीलका केन्द्रीय सदस्य जुमानसिंह केसीको सञ्चालनसँगै अघि बढेको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्युठानका अध्यक्ष, पूर्व अध्यक्ष, पत्रकार सङ्गठनका अध्यक्ष, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.