• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एकमहिने विशेष सङ्गठनात्मक अभियान–प्युठान सफल पार्न अखिल नेपाल जनजाति सम्मेलनको अपिल


  •   शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
  • सम्पूर्ण आदिवासी जनजाति एक होऔँ !

    Advertisement

    संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गरौँ ! प्रतिगमन र साम्राज्यवादी हस्तक्षेपको विरोध गरौँ !

    एकमहिने विशेष सङ्गठनात्मक अभियान–प्युठान सफल पार्न अखिल नेपाल जनजाति सम्मेलनको अपिल

    आदरणीय न्यायप्रेमी जनसमुदाय

    हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनको साङ्गठनिक अभियान तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही २०८२ मङ्सिर २६ गतेदेखि पुस २६ गतेसम्म प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा सम्पन्न हुन गइरहेको जानकारी गराउन पाउँदा हामी खुसी र गौरव महसुस गरिरहेका छौं । प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गर्दै हुनुहुन्छ ।

    हाम्रो सङ्गठनको स्थापना निरङ्कुश पञ्चायती व्यवस्थाको समयमा २०४४ वैशाख ३ गते भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रियता, जनतन्त्र र आदिवासी जनजाति अधिकारको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । त्यस्तै नेपालका आदिवासी जनजातिको मुक्तिउत्थान, हकहित, अधिकार, भाषा, धर्म, संस्कृति, लिपिको संरक्षण र विकासका लागि पनि सङ्घर्ष गर्दै आइरहेको छ । त्यसका साथै उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक र भाषिक उन्नतिका लागि लामो समयदेखि विभिन्न कार्य गर्दै आइरहेको छ ।

    नेपालका आदिवासी जनजातिमाथि भइरहेका सबै खाले शोषण, दमन, उत्पीडन र त्यसलाई टिकाइराख्ने सबै प्रकारका देशीविदेशी प्रतिक्रियावादी शक्तिका विरुद्ध यो सङ्गठनले निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । अहिले नेपालमा जनजातिको जुन समस्या छ, त्यो मूल रूपमा वर्गीय समस्या हो । त्यसैले ती समस्यालाई समाधान गर्न आदिवासी जनजाति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानुपर्दछ । वर्गीय मुक्तिको सङ्घर्षबाट नै आदिवासी जनजातिको वास्तविक मुक्ति हुन्छ भन्ने अखिल नेपाल जनजाति सम्मेलनको मूल सैद्धान्तिक मान्यता हो ।
    नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र भएकाले विगतमा कुनै एक जातिविशेषको भाषा, संस्कृति, धर्मको एकाधिकार थियो र अन्य जातिमाथि सत्ताधारीले प्रभुत्व कायम गर्दै आएका थिए, जसले गर्दा आदिवासी जनजातिले आफ्ना भाषा, धर्म, संस्कृतिको संरक्षण तथा उत्थानका लागि राज्यका विरूद्ध सङ्घर्ष गर्नुपर्दथ्यो । यो समस्या मूल रूपमा वर्गीय र राजनीतिक रूपमा विद्यमान थियो । अहिले देशमा कायम भएको राजनीतिक व्यवस्थाअन्तर्गत अब कुनै जातिले अरू जातिमाथि आफ्नो भाषा, संस्कृति वा धर्मको एकाधिकार कायम गर्ने अवस्था छैन त्यसका बाबजुद वर्गीय रूपमा त्यो समस्या अहिले पनि यथावत् छ । यसरी आदिवासी जनजातिका समस्या कुनै जातिसँग मात्र सीमित छैन, खस, ब्राह्मण, नेवार, थकाली, मगर, गुरुङ, यादव, मधेसी, थारू आदि जातिमा पनि ती जातिका उच्च वर्गबाट हुने वर्गीय शोषण, उत्पीडन गम्भीर छ । यस्तो उत्पीडनका विरूद्ध वर्गसङ्घर्षमा विजय प्राप्त गरेपछि नै यो समस्याको समाधान हुन सक्दछ ।

    नेपालमा आदिवासी जनजाति कसलाई भन्नेबारेमा भ्रामक सोचाइ पनि छन् । कतिपय सामाजिक वा आर्थिक दृष्टिले विकसित जातिहरूले पनि आफूलाई जनजातिको क्षेणीमा राख्ने प्रयत्न गरेको पाइन्छ । विशेषगरी आदिवासी जनजातिको नाममा सुविधा लिन त्यसो गरेको पाइन्छ । त्यो गलत तरिका हो । एउटा निश्चित र स्वीकृत मापदण्डको आधारमा जनजातिको सूची तयार पारिनुपर्दछ र यो सूचीबाट आदिवासीलाई अलग बेग्लै सूचीकरण गरिनुपर्दछ भन्ने हाम्रो सङ्गठनको मान्यता रहिआएको छ ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएकाले यहाँ सबै जातिजनजाति, भाषा, संस्कृति, धर्मालम्वीका बिचमा आपसी एकता, सद्भाव कायम राख्ने कुरामा हामीले जोड दिनुपर्दछ । नेपालमा इसाईकरण बढाउन र यहाँको धर्मसंस्कृतिलाई सिध्याउन हजारौं एनजिओ/आइएनजिओ क्रियाशील छन् । उनीहरूले धर्म, जाति, भाषा, संस्कृति, आर्थिक विपन्नताको नाममा संस्थागत प्रकारले मिसनअन्तर्गत काम गरिरहेका छन् । यस्ता मिसन नेपालको धार्मिक, सांस्कृतिक र जातीय सद्भावलाई ध्वस्त पार्न सक्रिय छन् । त्यस क्रममा धर्मनिरपेक्षताबाट फाइदा उठाउँदै गाउँगाउँमा पसेर तीव्र गतिमा धर्म परिवर्तन गराउने तथा नेपालको विशिष्त सांस्कृतिक सम्पदालाई सिध्याउने मिसनमा उनीहरू लागिरहेका छन् । जातिजनजातिमाझ द्वन्द्व सिर्जना गर्ने यस्तो मिसनमा पश्चिमा मुलुकले प्रशस्त डलर लगानी गरेका छन् । यता, अरेबियन युनिटीमार्फत इस्लामीकरण गर्ने अर्को मिसन पनि सँगसँगै चलिरहेको छ । देशमा २०६२/६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितामाथि प्रतिगामी शक्तिले हमला गरिरहेका छन् । ती उपलब्धिको रक्षा गर्न देशमा सशक्त प्रकारको जनजाति आन्दोलन आवश्यक छ । अहिले देशको राजनीतिक स्थितिमा चर्चाको विषय जेनजी आन्दोलन हो । देशमा भइरहेका भ्रष्टाचार, कुशासन र अनधिकृत रूपमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले जनतामा व्यापक असन्तोष थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलन त्यही असन्तोषप्रतिको विस्फोट थियो । जेनजी आन्दोलनको त्यो मागलाई हाम्रो सङ्गठनले सही ठहर्‍याएको छ तर त्यो जेनजी आन्दोलनलाई देशीविदेशी प्रतिक्रियावादी शक्तिले आफ्ना स्वार्थपूर्तिको पक्षमा उपयोग गर्ने कोसिस गरे । फलस्वरूप भदौ २३–२४ गते जेनजी आन्दोलनको नाममा देशव्यापी रूपमा तोडफोड, आगलागी वा ध्वंसात्मक कार्य भए । त्यसका पछाडि जेनजी आन्दोलनलाई अवाञ्छित तत्त्वको योजनाबद्ध षड्यन्त्रको रूपमा भएको थियो ।

    दलाई लामाले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दिएको शुभकामनाबाट त्यो आन्दोलन साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग भएको थियो भन्ने स्पष्ट हुन्छ । अमेरिकाले एमसिसीको माध्ययमबाट नेपाललाई चीनको विरूद्धमा रणनीतिक अखाडा बनाउन खोजेको देखिन्छ । त्यस क्रममा तिब्बतमा दलाई लामालाई पुन:स्थापना गर्न नेपालको भूमि उपयोग गर्ने उद्देश्य पनि अमेरिकाले राखेको छ । जेनजी आन्दोलनलाई यिनै उद्देश्यका लागि उपयोग गर्न अमेरिका योजनाबद्ध रूपमा अगाडि आएको छ । जेनजी आन्दोलनमा भारतीय साम्राज्यवादको पनि महत्त्वपूर्ण भूमिका छ । उसले नेपाललाई भारतीय सङ्घमा मिलाउन योजनाबद्ध सामाजिक, प्रशासनिक र सुरक्षा निकायमा घुसपैठ गर्दै प्रत्यक्ष रूपले नेपालमा हस्तक्षेप वा अतिक्रमण गर्दै आएको छ । जेनजी आन्दोलन पनि त्यो घुसपैठबाट मुक्त रहेको छैन । त्यसबाहेक नेपालका राजावादी, कथित स्वतन्त्र पार्टीलगायतले त्यो आन्दोलनलाई उपयोग गर्न खोजेको पनि देखिन्छ । यसरी भदौ २३–२४ गतेको आन्दोलनलाई जेनजीले आफ्नो आन्दोलन भने पनि त्यसमा घुसपैठ भएको छर्लङ्ग छ ।

    यिनै विषयमा छलफल गर्दै आदिवासी जनजातिका राजनैतिक–सामाजिक स्तर उठाउन, आदिवासी जनजातिमध्येबाट पनि पछाडि परेकालाई लक्षित गरी उनीहरूको उत्थान र संरक्षणमा ध्यान दिन र आदिवासी जनजातिको मानसिक, बौद्धिक विचारलाई माथि उठाउन तालिम, प्रशिक्षण आवश्यक ठानिएको हो । त्यस्तै आदिवासी जनजातीय समाजमा रहेका पुराना र रूढिवादी चिन्तन, कुरीति र छाडा संस्कृतिलाई हटाई उनीहरूमा वैज्ञानिक चेतना र प्रगतिशील विचारको पक्षपोक्षण गराउन पनि प्रशिक्षण आवश्यक भएको हो । राष्ट्र, राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण, संवद्र्धन र विकासका लागि समर्पित रहँदै विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिका लागि राष्ट्रिय भावना आवश्यक छ । यसरी जनचेतनाको माध्यमबाट वैज्ञानिक र व्यावहारिक वैचारिक समानताको आधारमा सम्बन्ध कायम गरी नेपाली जनतामाझ आपसी एकता कायम राख्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेका हौं ।

    यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण न्यायप्रमी दाजुभाइ, दिदीबहिनी तथा विभिन्न तहतप्काका उद्योगपाति, व्यापारी, सङ्घसंस्थाका जनसमुदायसित आर्थिक, नैतिक, भौतिक सहयोगका लागि अपिल गर्दछौँ ।

    आयोजक
    अखिल नेपाल जनजाति सम्मेलन
    केन्द्रीय समिति

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.