मनाली । भारतको हिमाचल राज्यको मनालीस्थित कटराईमा डिसेम्बर ७, २०२५ को सम्पन्न भेलाले मूल प्रवाहको एरिया समिति गठन गरिएको छ ।
राज्य समितिका सदस्य एवं मनाली नगर सम्मेलन तैयारी समितिका संयोजक रतनलाल पुनको प्रमुख आथित्यतामा सम्पन्न भेलाले २१ सदस्यीय एरिया समिति गठन गरेको हो ।
भेलाले विभिन्न समसामयिक विषयहरूमा चर्चापछि कुमार लामाको अध्यक्षतामा २१ सदस्यीय एरिया समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष– टेकबहादुर थापा, सचिव– लोकेश विक, सहसचिव– सुमन मगर, कोषाध्यक्ष– निर्मला क्षेत्री रहनु भएको छ ।
यसैगरि सदस्यहरूमाः अमृता देवी, प्रकाश सपुत, खगेन्द्र सिंह, बलबहादुर, हिरा थापा, बिरु तामाङ, सोम बहादुर, पेमा दोर्जे, माया तामाङ, निर्मला शाही, राजेन्द्र तामाङ, सुरेश शाही, दिपेन्द्र र राजन शाही रहनु भएको छ ।
त्यसैगरि समितिको सल्लाहकारहरूमा ताता लामा र माया राई रहनुभएको छ । नवनिर्वाचित समितिलाई नगर सदस्य कमला शाही र हरिश कुमारले बधाई एवं शुभकामना दिदै मूल प्रवाह जस्तो अभिभावक संगठनमा संगठित हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
भेला कुमार लामाको अध्यक्षतामा तथा तिलक सिंजापतीको सञ्चालनमा सम्पन्न भएको थियो ।