नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव शिव केसी पितृशोकमा पर्नुभएको छ । केसीका बुबा ८६ वर्षको हुनुहुन्थ्यो ।
Advertisement
इन्द्र बहादुर कुँवरको आज मंसिर २२ गते आफ्नै निवासस्थान कपिलवस्तुको बाडगंगा ९, जिनुवामा निधन भएको हो । कुँवरले श्रीमती, तीन छोरा–बुहारी, चार बुहारी, चार नाती, तीन नातिनी बुहारी र तीन नातिनीहरू छाडेर जानुभएको छ ।
यसै बिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिद्वारा अध्यक्ष प्रेम पौडेलले शोक समवेदना प्रकट गर्नुभएको छ ।
