खिमराज चालिसे, चन्ढिगढ ।
लुधियानामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा नोभेम्बर ७, २०२५ तदनुसार २०८२ मङ्सिर २१ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै महासचिव भट्टराईले आमूल परिवर्तनबिना श्रमजीवी जनताको मुक्ति सम्भव नभएको धारणा व्यक्त गर्नुभयो ।
सो अवसवरमा उहाँले भारतस्थित नेपालीका समस्या र मूल प्रवाहले खेलेको भूमिका, विदेशस्थित नेपालीको मताधिकारको मताधिकार र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी, देशमा भयरहित वातावरण्मा चुनावको सुनिश्चिततालगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमारे, केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडल, क्षेत्रीय सदस्यहरू उदयसिंह चन्द र खेमराज पोखरेल, महिला क्षेत्रीय समितिकी सदस्य दीपासिंह चन्दलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम गोविन्द परियारको सञ्चालन, उदयसिंह चन्दको अध्यक्षता तथा खुमबहादुर थापा र कलाकारहरू स्वागतसँगै सम्पन्न भएको थियो ।


