बाग्लुङ । अखिल नेपाल युवक संघ बरेङ गाउँपालिकाको चौथो सम्मेलन शनिवार बरेङ बजारमा सम्पन्न भएको छ । शनिबार, मंसिर २०, २०८२ का दिन सम्पन्न सम्मेलनले प्रेम थापाको अध्यक्षतामा नौ सदस्यीय बरेङ गाउँपालिका स्तरीय कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा उपाध्यक्ष निरज रूचाल, सचिवमा रमेश क्षेत्री, सहसचिवमा हेमन्त ढकाल, कोषाध्यक्षमा गोपाल पोखरेल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा बल बहादुर थापा, विमल श्रीस, हिमाल पुन, र रेशम सेरपूर्जा रहनुभएको छ ।
त्यस्तै लोक बहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ । सल्लाहकार सदस्यमा कमल बस्नेत र यमन थापा रहनु भएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अखिल नेपाल युवक संघ जिल्ला कमिटी बागलुङका अध्यक्ष बीरेन्द्र थापाले असंगठित जेनजीहरूको कारण देश अस्तव्यस्त भएको बताउनु भयो । अखिल नेपाल युवक संघमा युवाहरू आबद्ध भएर देश परिवर्तनमा लाग्नुपर्नेमा थाापाले जोड दिनुभयो ।
अखिल नेपाल युवक संघ बागलुङ जिल्ला समिति सदस्य दुर्गा बहादुर थापाले नवनिर्वाचित कमिटीको घोषणा गर्नुभएको थियो ।
नवनिर्वाचित कमिटीलाई अखिल नेपाल शिक्षक संघ बरेङका अध्यक्ष चित्र बहादुर थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।
निवर्तमान अध्यक्ष प्रेम थापाको अध्यक्षता, नारायण पौडेलको स्वागत मन्तव्य कृष्ण थापाको सञ्चालनमा सम्मेलन सम्पन्न भएको हो ।