काठमाडौँ । मङ्सिर १७ गते घोषणा गरिएको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले तीनदिन नवित्दै उज्यालोबाट राजीनामा दिएकी हुन् । उक्त पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा सञ्चालित रहेको छ ।
Advertisement
हेटौडा–बिरुवामोड क्षेत्रमा भइरहेको सडक विस्तारका क्रममा सुरक्षा निकायले बल प्रयोग गरेको आरोप लगाउँदै उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी छिन् ।
“सरकारले बल प्रयोग गरी नागरिकमाथि अन्याय गरेको देख्दा पार्टी पदमा बसिरहन मेरो नैतिकताले अनुमति दिएन,” उनले लेखेकी छन् ।