• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा


  •   बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • वासिङ्टन।राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गर्नुभएको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको छ ।

    Advertisement

    धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक प्रारम्भ गर्दै खोप ढिलाइ गर्ने कि नगर्ने भन्ने विषयमा औपचारिक छलफल गर्न लागेको हो ।

    केनेडीको नेतृत्वमा समितिले दशकौँदेखि सुरक्षित र प्रभावकारी मानिँदै आएको धेरै खोपको व्यापक समीक्षा आरम्भ गरिसकेको छ । खोपविज्ञानका स्थापित प्रमाणतर्फ भने उहाँ स्वयंप्रति शङ्का रहेको र खोपविरोधी अभिव्यक्तिहरू सार्वजनिक रूपमा गर्दै आएको पृष्ठभूमिले अमेरिकी चिकित्सा तथा वैज्ञानिक वृत्तमा गम्भीर चिन्ता उत्पन्न गरेको छ । खोपको दर घट्ने र दादुरा जस्ता घातक रोगको प्रकोप पुनः बढ्ने जोखिमका बारेमा विज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । सन् २०२५ मा दादुरा प्रकोपकै कारण सयौँले ज्यान गुमाउनु परेको तीतो अनुभव अहिले पनि ताजा छ ।

    सङ्क्रामक रोग तथा बालरोग विशेषज्ञ सीन ओ’लेरीले समितिको योग्यतामाथि प्रश्न उठाउँदै भन्नुभयो, “एसिआइपीले गर्न खोजिएको परिवर्तन कुनै तथ्य वा वैज्ञानिक प्रमाणमा होइन, विचारधारामा आधारित देखिन्छ ।”

    सन् १९९१ देखि अमेरिकी स्वास्थ्य निकायले नवजात शिशु जन्मिएपछि पहिलो २४ घण्टाभित्र हेपाटाइटिस–बी खोप अनिवार्य रूपमा लगाउन सिफारिस गर्दै आएको छ । यो भाइरल कलेजो रोगले सङ्क्रमित व्यक्ति दीर्घकालीन कलेजो क्षति, सिरोसिस र कलेजो क्यान्सरको जोखिममा पार्छ । “हेपाटाइटिस–बी बाट सङ्क्रमित ९०े प्रतिशत नवजात बालकमा पुरानो कलेजो रोग देखिन्छ, जसको एक चौथाइले अन्ततः यही रोगका कारण ज्यान गुमाउँछन् । यी सबै मृत्यु पूर्ण रूपमा रोक्न सकिने थिए”, ओ’लेरीले स्मरण गराउनुभयो ।

    तर खोपविरोधी समूह र राष्ट्रपति ट्रम्प दुवैले यो अभ्यासलाई पछाडि धकेल्दै आएका छन् । ट्रम्पले सेप्टेम्बरमा सार्वजनिक रूपमा दाबी गर्दै ‘हेपाटाइटिस–बी यौन सम्बन्धबाट सर्ने रोग भएकाले बच्चाले १२ वर्षभन्दा अघि खोप आवश्यक छैन’ भन्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

    चिकित्सकहरूले यस्तो दाबीलाई ‘पूर्ण रूपमा गलत र खतरनाक’ भन्दै कडा खण्डन गरेका छन् । उनीहरूको भनाइमा नवजात शिशुहरू आमा गर्भावस्था वा प्रसवका क्रममा सङ्क्रमित हुन सक्छन् र खोप ढिलाइ गर्दा अमेरिकामा स्वास्थ्य सेवामा रहेको असमान पहुँचका कारण समग्र खोप दर घट्ने र जोखिम अझ बढ्नेछ ।

    यसैबीच, मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ४०० भन्दा बढी अध्ययनसमेत समेटिएको ताजा समीक्षामा हेपाटाइटिस–बी खोप ढिलाइ गर्दा कुनै फाइदा नदेखिएको र बरु ‘वर्तमान अमेरिकी दिशानिर्देश परिवर्तन गर्ने गम्भीर खतरा’ मात्र देखिएको निष्कर्ष निकालेका छन् ।

    सङ्घीय दिशानिर्देशका आधारमा नै धेरै खोप स्वास्थ्य बीमाबाट कभर हुने–नहुने निर्धारण हुने भएकाले एसिआइपीका सिफारिसहरूले अमेरिकामा व्यापक प्रभाव पार्छन्  एकल खोपको लागत सयौँ डलर पर्ने अमेरिकी स्वास्थ्य प्रणालीमा यो निर्णय प्रत्यक्ष रूपमा लाखौँ परिवारसँग सम्बन्धित हुन्छ ।

    तर केनेडीको नेतृत्वप्रति अविश्वास बढ्दै जाँदा समितिको प्रभावक्षमता कमजोर हुँदै गएको देखिन्छ । डेमोक्रेटिक नेतृत्वका थुप्रै राज्यले ‘अब एसिआइपीको नयाँ सिफारिस नमान्ने’ घोषणा गरिसकेका छन् ।

    बालरोग विशेषज्ञ पल अफिटले भन्नुभयो, “राज्यहरूले आफ्नै सल्लाहकार समिति गठन गर्न थालेका छन्, किनकि उनीहरू रोबर्ट एफ. केनेडी जुनियरजस्तो खोपविरोधी तथा विज्ञान अस्वीकारकर्ता व्यक्तिको नेतृत्वमा भइरहेको प्रक्रियामाथि भरोसा गर्न सक्दैनन् ।”

    उहाँको भनाइमा, “अब समितिले अर्को कुन जोखिमपूर्ण प्रस्ताव अघि सार्ने हो भन्ने भागदौडमा एसिआइपीका बैठकहरू हेर्ने जो कोहीले पनि हतारिँदै सास रोकेर बस्छन् ।”

    बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.