सिओल । दक्षिण कोरियास्थित सिओलमा रहेको नेपाली दूतावासले आम भ्रममा नपर्न अपिल गरेको छ ।
Advertisement
दूतावासद्वारा २०८२ मंसिर १६ गते एक अपिल जारी गरी आम सर्वसाधरणलाई फेसबुक, टिकटक, युट्युबमार्फत आएको प्रचारमा आएका जि– १ ( मानवीय शरणार्थी) भिसा बारे आएका विज्ञापनको भ्रममा नपर्न अनुरोध गरिएको छ ।
‘केही व्यक्तिहरू तथा समूहहरू टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत “जि– १ भिसा” सम्बन्धि भ्रामक, गैरकानुनी र प्रलोभनपूर्ण विज्ञापन मार्फत अवैध भिसा व्यापारमा सक्रिय भएको सुचनाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।’ अपिलमा लेखिएको छ– ‘विभिन्न वहानामा पैसा असुल्ने र नेपाली नागरिकलाई शरणार्थी बन्न उक्साउने गतिविधि पूर्णतः अवैध हुन् । त्यसैले सबै नेपाली नागरिकहरूलाई “जि–१” भिसा नलिन दूतावास हार्दिक अनुरोध गर्दछ ।’
