• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

हदबन्दीभन्दा बढी जमिन गैरकृषि क्षेत्रलाई दिनु प्रतिगामी कदम : चार किसान सङ्गठन


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । चार किसान सङ्गठनले कार्की सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशमा हदबन्दीभन्दा बढी जमिन गैरकृषि क्षेत्रलाई दिने प्रावधान ल्याएकोमा त्यसलाई प्रतिगामी कदम भन्दै विरोध गरेका छन् ।

    Advertisement

    २०८२ मङ्सिर १५ गते सोमबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले विरोध गरेका हुन् ।

    वक्तव्यमा उनीहरूले भूमिसम्बन्धी नवौँ संशोधनको रूपमा अध्यादेशले उर्वर जमिन घरघडेरीमा परिणत गर्ने तथा कृषिआयातलाई बढाउने धारणा व्यक्त गरिएको छ ।

    त्यस्तै, अध्यादेशमार्फत किसानलाई जग्गाबाट वञ्चित गर्ने, परनिर्भरता बढाउने, बेरोजगारी बढाउने, कृषिमा पुँजीनिर्माणलाई रोक्नेजस्ता कामा भएको उनीहरूको ठहर छ ।

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल प्रगतिशील किसान सङ्घ (यूनियन) का इन्चार्ज भूवन फुँयाल र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “वर्तमान सुशीला कार्की सरकारले वास्तविक किसानको हकहित र राष्ट्रिय आवश्यकताका विपरीत भूमिसम्बन्धी अध्यादेश नवौँ संशोधन गरी किसानको जग्गा हडप्ने र भूमाफियालाई पोस्ने गलत नीति लिएकोप्रति हामी चार किसान सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    खेतीपाती गर्ने उर्वर जमिन घरघडेरीमा परिणत गर्ने र कृषिआयातलाई बढावा दिने यस प्रकारको अध्यादेश कृषि र किसानमारा आध्यादेश भएकाले यसको हामी घोर विरोध गर्दछौँ । जमिनमा किसानको मात्र स्वामित्व र अधिकार हुने आधारभूत र स्वाभाविक कुरालाई बिल्कुलै बेवास्ता गर्दै यसरी कृषि र किसानका समस्या समाधान नगर्ने नीतिनियम बनाई किसानलाई जग्गाबाट वञ्चित र बेदखल गराई हदबन्दीभन्दा बढी जग्गा गैरकृषि क्षेत्रमा चलायमान गराउने नीतिले कृषिमा बढ्दो परनर्भिरता अझ बढाउने, युवा बेरोजगारीको अत्य गर्ने आधार रहेको कृषि क्षेत्रबाट थप युवा शक्ति विस्थापित हुने र औद्योगीकरणका लागि कृषि क्षेत्रबाट राष्ट्रिय पुँजी निर्माण गर्ने मूलभूत समस्या पनि नसुल्झिने तथा वैदेशिक ऋण अझ बढ्ने कुरालाई ढाकछोप गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने नाउँमा हदबन्दीभन्दा बढी जग्गा गैरकृषि क्षेत्रमा विक्रीवितरण गर्ने प्रतिगामी अध्यादेश खारेज गर्न हामी जोडदार माग गर्दछौँ ।”

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.