• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

अन्तर्राष्ट्रिय महिला गोष्ठीमा कायम भएको एकताबाट शिक्षा ग्रहण गरिनुपर्दछ : सिंह


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भर्खरै सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला गोष्ठीमा कायम भएको एकताबाट वामपन्थी तथा प्रजातान्त्रिक शक्तिले शिक्षा ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    २०८२ मङ्सिर १५ गते सोमबार लिखित मन्तव्य प्रस्तुत गर्दै उहाँले सो आवश्यकतामा जोड दिनुभएको हो ।

    मङ्सिर ११ देखि १३ गतेसम्म सम्पन्न उक्त गोष्ठीमा नेपालका छ महिला सङ्गठनले भव्य रूपमा सफल पारेकोमा महामन्त्री सिंहले बधाई दिनुभएको छ ।

    आपसमा गम्भीर मतभेद भएर पनि जसरी महिला सङ्गठनले अन्तर्राष्ट्रिय महिला गोष्ठी सफल पारे, त्यस्तो कार्यगत एकता नेपालमो वामपन्थी तथा प्रजातान्त्रिक क्षेत्रमा पनि आवश्यक रहेको उहाँको भनाइ छ ।

    यस्तो छ, मन्तव्यको पूर्ण पाठ :

    “विश्व महिला सम्मेलनद्वारा आयोजित अन्तराष्ट्रिय महिला विचारगोष्ठी काठमाडौँमा अत्यन्त भव्य रूपले सफल भएको छ । विचारगोष्ठीमा विश्वका ४ महाद्वीपका २८ देशका महिला प्रतिनिधि आएका थिए । गोष्ठीमा विभिन्न देशबाट कैयौँ कार्यपत्र पेस गरिएका थिए । यहाँ त्यो महिला विचारगोष्ठीसित सम्बन्धित एउटा पक्षतिर नै मैले तपाईंहरू सबैको ध्यान आकर्षित गर्न चाहान्छु ।

    विचारगोष्ठीमा नेपालका विभिन्न ६ वामपन्थी सङ्गठनका महिलाको सहभागिता रहेको थियो । वैचारिक, राजनीतिक वा सङ्गठनात्मक रूपमा ती राजनीतिक सङ्गठनका बिचमा गम्भीर प्रकारका मतभेद छन् तैपनि महिला विचारगोष्ठीमा उनीहरूले आपसमा एकता कायम गरेर त्यो विचारगोष्ठीलाई भव्य रूपमा सफल पारे । त्यही प्रकारले नेपालका विभिन्न वामपन्थी सङ्गठनले परस्परमा सहमति भएका विषयमा एकता कायम गरेर देशमा राजनीतिक आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गरेमा त्यो देशका लागि अत्यन्त हितकर हुने कुरा स्वत: सिद्ध छ ।
    आज देशमा विभिन्न वामपन्थी शक्ति मात्र होइन, सबै वामपन्थी र प्रजातान्त्रिक शक्तिका बिचमा उच्च प्रकारको एकता आवश्यक छ । खास गरेर देशमा बढिरहेको प्रतिगमन र साम्राज्यवादको खतराको सामना गर्न त्यस प्रकारको एकताको आवश्यकता छ ।

    नेपालको राजनीतिक इतिहासमा गतकालमा कैयौँ पल्ट त्यस प्रकारको एकता कायम हुने गरेका छन् । परस्परमा जति विरोध भए पनि आपसमा सहमति भएका विषयमा एकताबद्ध भएर काम गर्नु सधैँ सही र देश र जनताका लागि पनि त्यो धेरै नै आवश्यक हुन्छ तर गत कालमा त्यस प्रकारका कार्यगत एकता बारम्बार टुट्ने गरेका छन् । परस्परमा मतभेद भए पनि आपसमा सहमति गरेर एकता कायम गरेपछि सहमति भएको विषयमा इमानदारिताको प्रदर्शन गर्नुपर्दछ तर गत कालमा कतिपय वामपन्थी वा प्रजातान्त्रिक शक्तिद्वारा त्यस प्रकारको इमानदारिताको ठाउँमा बारम्बार अन्तर्घात गर्ने गरिएको छ । त्यसरी हाम्राबिचमा कायम भएका एकता टुट्ने गरेका छन् । यो कुरालाई अस्वीकार गर्न सकिन्न कि महिला सङ्गठनका बिचमा पनि आपसमा कैयौँ मतभेद छन् तर त्यसका बाबजुद उनीहरूले आपसमा एकता कायम गरेर जसरी अन्तर्राष्ट्रिय विचारगोष्ठीलाई सफल पार्ने काम गरे, त्यसका लागि उनीहरूलाई बधाई दिनुपर्छ र हामीले मतभेदका बिचमा उनीहरूले प्रदर्शन गरेको एकताबाट सबै वामपन्थी र प्रजातान्त्रिक शक्तिले शिक्षा ग्रहण गर्नुपर्दछ ।”

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.