• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

बागलुङको जैमिनी नपाद्वारा छोरीलाई मुद्दती खाता उपहार


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाले छोरीलाई मुद्दती खाता उपहार प्रदान गरेको छ । नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्‌नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको हो ।

    Advertisement

    नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खालिदिन सुरु गरेको थियो । चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुनले युगदर्शनलाई जानकारी दिनुभयो ।

    ‘प्रत्येक छोरीलाई रु. दुई हजार ५०० का दरले नगरपालिकाको तर्फबाट खातामा रकम जम्मा गरेर खाता उपहार प्रदान गरिएको छ’ मेयर पुनले बताउनुभयो– ‘उक्त मुद्दती खातामा चक्रिय ब्याज आउने गरी बैंकसँग समन्वय गरिएको छ ।’

    छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रकृतिको विकास गर्न यो कार्यक्रम ल्याइएको मेयर पुनले बताउनु भयो ।

    पुनका अनुसार गत वर्ष निर्देशिका बनाउन समय लाग्दा केही छोरीहरू छुटेता पनि चालु आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि यता जन्मेका नगरका सबै छोरीको मुद्दती खाता खोलिने छ ।

    छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकसमेतलाई उक्त खातामा दक्षतानुसार रकम जम्मा गर्न अनुरोध गर्दै आएको छ ।

    दलितः
    मेयर पुनका अनुसार दलित समुदाय लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाको लगानीमा ‘दलित संग्राहलय’ बनाउने कार्यक्रम रहेको छ । संग्राहलयमा दलितहरूसँग जोडिएका उत्पादनका साधनहरू तथा लोप हुँदै गएका विभिन्न प्रकारका सांस्कृतिक पहिचाहरूलाई व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ ।

    अपाङ्गः
    अपाङ्गहरूको विषयमा पनि नगरपालिकाले राम्रो पहल गरेको छ । जसअनुसार सुचिकृत गरी वर्गिकृत गर्ने उत्पादन कार्यमा सहभागि हुन सम्भव भएकाहरूलाई उत्पादन कार्यमा जोडने कार्यक्रम रहेको मेयर पुनले जानकारी दिनुभयो । ‘वर्गिकृत अनुसार ग र घ लाई नगरपालिकाको बजेट अन्तर्गत नै अपाङ्गहरूको चाहना अनुसार अपाङ्गमैत्री उत्पादन कार्यक्रममा जोडने छौँ’ पुनले भन्नु भयो ।

    निर्माणकार्य :
    त्यस्तै निर्माणका कार्यक्रमहरूमा विभिन्न उपभोक्ताहरूसँग छलफल गरिंदैछ । प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी मंसिर भित्र टुंग्याउने विकास कार्यहरूका योजनाका छलफल दुई वटा वडामा सिद्धिएका छन् ।

    फागुन मसान्त भित्र तीनलाख, चैत मसान्त भित्र पाँचलाख, बैशाख मसान्तसम्म दशलाखसम्म र जेठको मसान्तसम्म दशलाख रुपैयाँ भन्दा माथि बजेट विनियोजन हुने विकास कार्यहरूलाई पनि ठिकसँग व्यवस्थापन गर्न नगरपालिकाले सक्रिय रुपमा भूमिका निर्वाह गर्दैआएको छ ।

    कृर्षिक्षेत्र :
    कृर्षिसम्बन्धित थुप्रै अनुदान हुँदाहुँदै पनि नगरपालिका अन्तर्गतका कृषकहरू उत्साहित नदेखिएको मेयर पुनले बताउनु भयो । अहिलेको राज्य व्यवस्थाले किसानहरूलाई नै धपाउने कार्यमा संलग्न भएको मेयर पुनको भनाई छ । ‘किसानहरूलाई पचास प्रतिशत अनुदान र प्रतिशत ऋण व्यवस्थापन गर्ने व्यवस्था छ, त्यो पनि वास्तविक किसानहरूले पाउँदैनन् । उनै नामका किसानहरूले सम्पूर्ण सरकारी अनुदान प्राप्त गर्दा वास्तविक किसानलाई नै आफ्‌नो उत्पादन कार्यबाट विमुख गराउने काम अहिलेको राज्यव्यवस्थाले गरेको छ ।’

    नरबहादुर पुन राष्ट्रिय जनमोर्चाबाट मेयरमा विजयी भई जैमिनी नगरपालिकामा जनसेवा प्रदान गर्दै आउनुभएको छ ।

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.