बर्दिया । राष्ट्रिय जनमोर्चा बर्दियाले स्वर्गीय नेता धन बहादुर जिसीको सम्मानमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । मंगलबार उहाँकै निवास बारबर्दिया नगर पालिका वडा नम्बर १० बैदिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
शभामा राजमोका युवा नेता बाशुदेव पोखरेलले जिसीको जिवनी र योगदान बारे प्रकाश पार्नु भएको थियो। शोभाराम भन्डारीको अध्यक्षतामा सम्म्पन श्रद्धाञ्जली सभामा स्वर्गीय जिसीकी धर्म पत्नी सुमित्रा जिसी, दाइ टुकबहादुर जिसी, छोरा सागर र छोरी कल्पनाको समेत आतिथ्यता रहेको थियो।
स्वर्गीय जिसीको स्मृतिमा एक मिनेट मौन धारण गरि सुरु भएको उक्त सभाको सञ्चालन अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रीय सदस्य तथा राजमो नेता ज्ञान चन्द्र अर्यालले गर्नु भएको थियो।
जिसीको यहि असार १२ गते असामयिक निधन भएको थियो । २०२२ सालमा प्युठानमा जन्मनु भएका जिसीले पन्चायत कालदेखिनै अखिल नेपाल युवक संघमा संगठित भएर काम गर्नु भएको थियो ।
२०५२ सालमा बर्दिया जिल्लामा बसाई सरेपछी उद्योगपतिका रुपमा पनि परिचित जिसी समाजसेविको रुपमा पनि अत्यन्तै लोकपृय हुनुहुन्थ्यो ।

