खिमराज चालिसे, चन्डिगढ ।
भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एरियास्तरीय वक्तृत्वकला प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेको प्रमुख आतिथ्यमा नोभेम्बर २८, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले मूल प्रवाहले भारतस्थित श्रमिकलाई दक्ष जनशक्तिको रूपमा विकास गर्न राजनैतिक तथा सामाजिक रूपमा प्रशिक्षित गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय समितिका कोषाध्यक्ष तथा नगर अध्यक्ष बाबुराम पोख्रेलले पनि सम्बोधन गर्नुभएको थियो ।
एरिया समितिका कार्यकर्तामाझ गरिएको प्रतिस्पर्धामा निर्मला घर्तीमगर प्रथम हुनुभएको थियो ।
मनबहादुर घर्तीमगरको सञ्चालन तथा कमला बगालेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत अनिल रास्कोटीमगरले गर्नुभएको थियो ।


