खिमराज चालिसे, बठिन्डा ।
भारतको बठिन्डामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगरस्तरीय प्रशिक्षण्का कार्यक्रम सम्पन्न भएको छ ।
महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा नोभेम्बर २३, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले सन् १९५० को नेपाल–भारत सन्धि र विदेशस्थित नेपालीको मताधिकारलायतका विषयमा धारणा राख्नुभयो ।
रेमिट्यान्सबाट सञ्चालन भएका देशका सत्ताधारीले तिनै प्रवासीलाई मताधिकार र प्रतिनिधित्व नदिने प्रवृत्तिको उहाँले भत्र्सना गर्नुभयो ।
समारोहमा केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले प्रवासी नेपालीको मताधिकार र जल्दाबल्दा समस्यामा मूल प्रवाहले निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् बठिन्डा नगर समितिका संस्थापक सदस्य नरबहादुर ओलीले मूल प्रवाहले भारतस्थित नेपालीलाई सही र गलत छुट्याउन सक्ने बनाएको दाबी गर्नुभयो ।
महिला क्षेत्रीय सदस्य माया ओलीको समेत आतिथ्य रहेको उक्त कार्यक्रम गिरिबहादुरको अध्यक्षता, नारायण केसीको सञ्चालन र गणेश पोख्रेल र कलाकारहरुले स्वागतसँगै सम्पन्न भएको थियो ।
