• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

खोकनाका किसानमाथि प्रशासनद्वारा गरिएको दमनको चार किसान संगठनद्वारा विरोध


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहित चार किसान सङ्गठनले खोकनाका किसान विरुद्ध भएको ज्यादतीको विरोध गरेका छन् । उनीहरूले भनेका छन्– “त्यहाँका किसानको ‘जमिन जोगाऔँ, प्राचीन सभ्यता जोगाऔँ’ भन्ने स्थानीय किसानको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता र समर्थन छ ।”

    Advertisement

    २०७७ असार २२ गते प्रेसवक्तव्य जारी गर्दै उनीहरूले विरोध व्यक्त गरेका हुन् । वक्तव्यमा उनीहरूले भनेका छन्–

    “उपत्यकाको ऐतिहासिक महत्त्वको पुरानो ग्रामीण शहर खोकनाका किसानहरू आफ्नो खेतमा रोपाइ गर्न गएको बेलामा उनीहरूमाथि लाठी र अश्रुग्याँस बर्साएर दमन गर्ने सरकारको निन्दनीय रवैयाप्रति हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँका किसानको ‘जमिन जोगाऔँ, प्राचीन सभ्यता जोगाऔँ’ भन्ने स्थानीय किसानको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता र समर्थन छ ।

    काठमाडौँ—निजगढ द्रुतमार्ग बनाउने नाममा स्थानीय किसानको उर्वर जग्गा कब्जामा लिने, उनीहरूलाई उचित मुआव्जा नदिने र उनीहरूले आफ्नो खेतमा काम गर्न जाँदा यसरी सयौँको सङ्ख्यामा जनपथ र सशस्त्र प्रहरी भिडाएर दमन गर्ने सरकारको जति निन्दा गरे पनि कमै हुन्छ । किसानमाथि यस्ता दमनकारी घटना दोहोरिन नदिन हामी सरकारलाई सचेत गराउन चाहन्छौँ ।

    हामी चार किसान सङ्गठन स्थानीय किसानको थातथलो र उब्जाउ जमिनबाट तर्काएर द्रुतमार्ग बनाउन र जग्गा अधिग्रहण गरिनुपर्ने भए स्थानीय किसानको सक्रिय सहभागिता, स्वीकृति र उनीहरूको रोहवरमा सरोकारवाला सबैको उपस्थितिमा उचित मुआव्जा दिएर मात्र उनीहरूको स्वामित्वको जग्गा द्रुतमार्ग निर्माणका लागि लिन जोडदार माग गर्दछौँ । यस सन्दर्भमा उपत्यकाको अत्यन्तै उर्वर जमिन सरकारको गलत नीति र भूमाफियासँगको साँठगाँठले आज अनुत्पादक बनेको र यहाँको प्राचीन सभ्यता, संस्कृति र ऐतिहासिक महत्त्व नै खतरामा परेको कुरासमेत दर्शाउन चाहन्छौँ र जग्गाको अनुचित रूपमा दुरुपयोग गर्ने यस्तो गलत नीतिको जोडदार विरोध जनाउँछौँ ।”

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान युनियनका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.