आन्द्रा, प्रदेश नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा संचालीत नेल्लोर नगर समितिमा जनवादी भैलो सम्पन्न भएको छ ।
नगर अध्यक्ष ठाकुर प्रसाद के.सी. अध्यक्षता र देविराम के.सी.को सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई नगर कोषाध्यक्ष दिल बहादुर बस्याल र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै दक्षिण भारत क्षेत्रीय सांस्कृतिक विभागबाट देवि वि.क., महिला क्षेत्रीय विभागबाट भुमा देवि के.सी., रक्तिम विभागबाट गोर बहादुर के.सी., खेलकुद विभाग संयोजक मेखबहादुर के.सी., जनजाति विभागबाट मनिराम पुन, समता विभागबाट नर बहादुर सुनार र लक्षुमन सुनारले अतिथी आसन गर्नुभएको थियो ।
प्रमुख अतिथी लोकेन्द्र पौडेलले मैनबत्तीको प्रज्वलन सहित गर्नुभएको थियो ।