दाङ । राष्ट्रिय जनमोर्चा दाङले कोरोना भाइरस परीक्षणको लागि पाँच हजार पाँच सय रुपैयाँ लिन लागिएको भन्दै आपत्ति जनाएको छ ।
Advertisement
सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गरिरहेको र यसैको नाममा राज्यको ठूलो धनराशी खर्च भएको भन्दै जिल्लामा भने शुल्क लिइने चर्चाले नागरिकलई त्रसित बनाएको राजमोले बताएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यले प्रेशित गर्नुभएको विज्ञप्तिमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र स्थानीय सरकारबीच एक आपसमा समन्वय नभएको बताउनुभएको छ ।
यस्तै, राजमोले क्वारेन्टिनको राम्रो व्यवस्थापन गर्न , परीक्षण गरेर मात्रै घर पठाउन तथा उपचारको व्यवस्था मिलाउन माग गरेको छ । विज्ञप्तिमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।