• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रचण्डलाई ठूलो झट्का : साथछाडे प्रवासका दश नेताहरूले (विज्ञप्तिसहित)


  •   बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) को आन्दोलनमा दशकौंदेखि विभिन्न जिम्मेवारीमा रही प्रवास सङ्गठनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका १० जना नेताहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँगको सबै सङ्गठनात्मक सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

    Advertisement

    लक्ष्मण पन्त नेकपा (माओवादी केन्द्र), केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज, ओम शर्मा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा एसिया प्रवास संगठन समिति इन्चार्ज हुन् ।

    त्यस्तै अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर पनि छन् । यस्तै रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा र इन्जिनियर प्रतीक पोखरेलका प्रचण्डको साथ छाडेका हुन् । उनीहरू माओवादी केन्द्रको प्रवासअन्तर्गत भारत, एसिया, युरोप, अष्ट्रेलियालगायतका देशमा विभिन्न जिम्मेवारीमा थिए ।

    पार्टी नेतृत्व व्यक्तिवादी, सत्ताकेन्द्रित र विचलित भएको आरोप लगाउँदै उनीहरूले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी पार्टीबाट सम्बन्धविच्छेदको घोषणा गरेका हुन्।

    भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त र एशिया प्रवास सङ्गठन इन्चार्ज ओम शर्मासहितका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सत्ताको केन्द्रमा राखिराख्न मात्र एकताको ‘तुरुप फ्याँकेको’ आरोप लगाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘हामीले पार्टीभित्र लोकतन्त्र, पुनर्गठन, नातावादको अन्त्य र आर्थिक पारदर्शिताको मुद्दा उठाउँदै आए पनि त्यसलाई सम्बोधन गर्नुको साटो आफू केन्द्रित पुनर्गठनका नाममा नेपाली कम्युनिस्ट पार्टी गठन गरियो ।’

    उनीहरूले हालैको एकतालाई राजनीतिक रूपमा अप्रासंगिक भइसकेका केही पात्रहरूलाई जोडजाम गरेर फेरि एकपटक आफूलाई कुर्चीमा पुुर्‍याउने भित्री उद्देश्यबाट प्रेरित रहेको दाबी गरेका छन् ।

    ‘एकताको नाममा वृद्धाश्रम खोलिएको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेका अभियुक्तहरूलाई सारथि बनाएर जग हँसाउने काम भइरहेको छ’, विज्ञप्तिमा थप उल्लेख छ।

    विज्ञप्तिमा पार्टी नेतृत्वमाथि आर्थिक अपारदर्शिता, परिवारवाद र कम्युनिस्ट आचरणविपरीतको भड्किलो जीवनशैली अपनाएको जस्ता गम्भीर आरोपहरू पनि लगाइएको छ। ‘पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण प्रस्तुत गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वको जीवनशैली कम्युनिस्ट आचरण विपरीत अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिष्टहरूको नैतिक धरातल कमजोर बन्न पुगेको छ ।’

    नेताहरूले पार्टीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि ७०० भन्दा बढीलाई मनमौजी तरिकाले नियुक्ति गरिएको र हाल ३००० भन्दा बढीको केन्द्रीय समिति बनाउने प्रपञ्च रचिएको भन्दै सङ्गठनात्मक अराजकता बढेको बताएका छन्।

    पार्टी परित्यागको घोषणा गर्नेहरूले अब ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा आबद्ध भएर अगाडि बढ्ने जनाएका छन् । उनीहरूले विगत दुई दशकदेखि सत्ताको शीर्षस्थानमा रहेर मुलुकलाई दिशाहीन बनाउने पुराना नेताहरूप्रतिको मोह त्यागी नयाँ दृष्टि र कार्यक्रमसहितको जनमुखी वामपन्थी आन्दोलनमा सहभागी हुन अन्य नेता–कार्यकर्तालाई आव्हानसमेत गरेका छन् ।

    बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.