मनाली (हिमाचल) । भारतको हिमाचल राज्यको मनालीमा मूल प्रवाहको नगर सम्मेलन तैयारी भेला आईतवार नोबेम्बर ९, २०२५ को सम्पन्न भएको छ।
मूल प्रवाहका कन्द्रीय सदस्य एवं हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भेलाले सो निर्णय गरेको हो । श्रेष्ठले नगर सम्मेलन र त्यसको आवश्यकता बारे विचार राख्नु भएको थियो ।
त्यस्तै भेलामा हिमाचल राज्य समितिका सहसचिव मिथुन सिंह, कोषाध्यक्ष सिताराम र सदस्य चिन्ता बहादुर पुनको आथित्यता रहेको समारोहमा विभिन्न जिम्माहरू सहित नगर सम्मेलन तैयारी समितिको गठन गरिएको छ ।
समारोहमा साईला लामाको संयोजकत्वमामा रतनलाल पुन रहेको व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरि सम्मेलन भव्य सफलताको लागि विभिन्न जिम्मेवारीहरू तय गरिएको छ।
जस अनुसार प्रसार प्रसार समिति रतनलाल पुनको संयोजकत्वमा तिलक सिंजापति, कुमार लामा, बिष्णु शर्मा र हरिश कुमार रहेको समिति गठन गरिएको छ ।
स्वयंसेवक समिति – हरिस कुमारको संयोजकत्वमा कुमार लामा र शेर बहादुर सदस्यहरू रहनु भएको समिति गठन गरिएको छ ।
त्यसैगरि प्रशासन तर्फ साईला लामाको संयोजकत्वमा रतनलाल पुन र जय बहादुरलाई जिम्मा दिईएको छ ।
कलाकार व्यवस्थापन समिति कमला शाहिको संयोजकत्वमा मुस्कान क्षेत्री, लक्ष्मी तामाङ। माया शेर्पा, सन्देश सोडारी र हरिश कुमार रहनु भएको छ।
आर्थिक समिति कुमार लामाको संयोजकत्वमा जय बहादुर, खगेन्द्र शाही, विष्णु शर्मा सोनु गौतम, सानुमाया श्रेष्ठ र गोमा श्रेष्ठ रहनु भयको छ ।
कार्यक्रम रतनलाल पुनको अध्यक्षता तथा तिलक सिंजापतिको सञ्चालन र जय बहादुरको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।