• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

खोलामा राहत बगाउने ‘अपराधी’ माथि कारबाही गर्न राजमोको माग


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले बाग्लुङको ढोरपाटनमा केही व्यक्तिहरुले जनताका लागि प्रवासी नेपालीले पठाएको राहत खोलामा बगाएको भन्दै उनीहरुमाथि कारबाही गर्न माग गरेको छ । शनिबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी सो अपराधमा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो ।

    Advertisement

    प्रवासमा दुःख गरिरहेका नेपाली युवाहरुले आफ्नो गास काटेर स्थानीय विपन्न वर्गका जनताका लागि पठाएको करिब एक लाख रुपैयाँको राहत सामग्री यही असार १३ गते ढोरपाटन नगरपालिका ४ का वडाअध्यक्षको निर्देशनमा खोलामा फालिएको समाचार प्रकाशित भएको थियो।

    सो घटनामा संलग्न एक वडा सदस्यसहित ६ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । ढोरपाटन नगरपालिका–४ का वडासदस्य तिल बहादुर फगामी, गन बहादुर फगामी, हेमलाल फगामी, हर्क बहादुर बुढाथोकी, उमेश बुढाथोकी, पञ्चे बिकसहित ६ जना बिरुद्ध आपराधिक उपद्रब मुद्दामा अनुसन्धानका लागी पक्राउ गर्न जिल्ला अदालत बागलुङबाट बिहीबार पक्राउ आदेश जारी भएको थाह भएको छ।

    घटनामा राजमोबाट निर्वाचित जनप्रतिनिधिको समेत संलग्नता रहेको खबरले पार्टीलाई गम्भीर बनाएको भन्दै अध्यक्ष केसीले जो सुकै भएपनि त्यस्तो अपराधमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छः ‘बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका खुंगा, लुकुरवनमा गत असार १३ गते कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहतस्वरुप वितरण गर्न लगिएको खाद्यान्न खोलामा फ्याँकेको घटना अत्यन्त गलत र निन्दनीय छ । त्यसको हामीले घोर विरोध गर्दछौँ । त्यस गाउँबाट युरोप तथा खाडी मुलुकहरुमा रोजगारीका लागि गएकाहरुले आफ्नो गाउँमा राहत स्वरुप सहयोग गर्न आर्थिक संकलन गरी पठाएका थिए । यसभन्दा अघि पनि राहत स्वरुप उपचार सामाग्री नै पठाएका थिए । त्यसबाट बुर्तिवाङमा चामल, दाल आदि खरिद गरी ट्याक्टरमा लैजादै गर्दा बीच बाटोमा केही व्यक्तिहरुले ट्याक्टरमा आक्रमण गरी ट्याक्टरका सबै खाद्य सामाग्री खोलामा फ्याँकीदिएको र रोगी तथा असक्तलाई उपचार गर्न पठाएको पैसा समेत जबरजस्ती खोसेर लगेको बुझिएको छ । उक्त घटनामा राष्ट्रिय जनमोर्चाका निर्वाचित प्रतिनिधि समेत संलग्न रहेको भन्ने समाचारले हामीलाई गम्भीर बनाएको छ । जोसुकैले गरेको भए पनि त्यो कार्य अपराधजन्य छ । उक्त घटनाको पार्टीका तर्फबाट छानवीन गरी दोषीलाई कडा कारबाही गरिने छ ।’

    स्मरणीय छ, गत जेठ १३ गते बुर्तिवाङ बजारबाट राहत सामाग्री लिएर गएको लु २ त ४६३७ नं को ट्याक्टरलाई वडाअध्यक्षको निर्देशनमा वडा सदस्य फगामीसहितका व्यक्तिहरुले नियन्त्रणमा लिएर चामलका बोराहरु च्यात्चुत पार्दै खोलामा बगाएका थिए । त्यसक्रममा उनीहरुले ट्याक्टरमा सवार दिलबहादुर शेरबुजामाथि हातपात गरेको प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख छ ।

    प्रवासी नेपालीले पठाइएको राहतको बील

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.