• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्यारासिटामोल र अटिजमबीच कुनै सम्बन्ध छैन: अध्ययन


  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • पेरिस । गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै तादात्य नरहेको बताइएको छ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अन्यथा दाबी गरे पनि गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल प्रयोग गरेकै कारण उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै सम्बन्ध नरहेको सोमबार प्रकाशित विद्यमान प्रमाणहरूको सबैभन्दा विस्तृत समीक्षापछि सार्वजनिक रिपोर्टमा भनिएको छ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा एसिटामिनोफेन अर्थात् प्यारासिटामोल अटिजमको उच्च दरसँग सम्बन्धित भएको दाबी गरेर चिकित्सा समुदायमा आक्रोश उत्पन्न गर्नुभएको थियो ।

    ट्रम्पले गर्भवती महिलाहरूलाई प्यारासिटामोल खानुको सट्टा ‘कडा परिश्रम गर्न’ आग्रह गर्नुभएको थियो भने स्वास्थ्य अनुसन्धानकर्ताहरूले टिप्पणीहरूले महिलाहरूलाई दुखाइको उपचार गर्ने सबैभन्दा सुरक्षित विकल्पबाट तर्साउन सक्ने चेतावनी दिएका थिए । उनीहरूले ‘अटिस्टिक’ समस्या भएका व्यक्तिहरूलाई थप कलङ्कित गर्ने जोखिम बढ्ने दावी गरेका थिए ।

    विश्व स्वास्थ्य सङ्गठनले टाइलेनोल र पानाडोलजस्ता पेनकिलर औषधिको मुख्य तत्व प्यारासिटामोलले अटिजम निम्त्याउँछ भन्ने कुराको कुनै ठोस प्रमाण नभएको बताएको छ।

    यस विषयमा अहिलेसम्म गरिएका सबै वैज्ञानिक अनुसन्धानहरूको सिंहालोकन ब्रिटिश मेडिकल जर्नल बीएमजेमा सोमबार प्रकाशित भएको छ।

    “विद्यमान प्रमाणले सन्तानमा गर्भमा रहेका समय महिलाले सेवन गर्ने प्यारासिटामोल र अटिजम वा एडीएचडीबीच स्पष्ट सम्बन्ध देखाउँदैन,” बेलायतको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले समीक्षामा लेखेको छ।

    यसअघिका केही अध्ययनहरूले प्यारासिटामोल र अटिजम वा अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर ९एडीएचडी० बीच सम्भावित सम्बन्धको सुझाव दिएका थिए।

    “ती अध्ययनहरूको निचोड ‘निकै कम विश्वसनीय’ थियो,” सोमबार सार्वजनिक समीक्षा रिपोर्टमा भनिएको छ।

    उनीहरूले परिवारमा अटिजम प्यारासिटामोलका कारण नै भएको वा नभएको भन्नेजस्ता सम्भावित भ्रामक कारकहरूलाई गहिराईमा अध्ययन गरेका थिएनन् वा अध्ययन पुगेको थिएन र यी विवादास्पद अघिल्ला अध्ययनहरूले पनि कसरी प्यारासिटामोलले अटिजम निम्त्याउन सक्छ भनेर तथ्य स्थापित गर्न नसकेका पाइन्छ।

    समीक्षाहरूको पनि समीक्षाले यो ‘महिला स्वास्थ्य अनुसन्धानमा ऐतिहासिक र निरन्तर कम लगानी’ भएको आँैंल्याउँदै राम्रो अनुसन्धानको लागि आह्वान गरेको छ।

    – पुष्टि –
    धेरै शोधकर्ताहरूले नयाँ अध्ययनको प्रशंसा गरे
    युनिभर्सिटी कलेज लन्डनमा प्रसूति तथा स्त्री रोग विषयका प्राध्यापक दिमित्रियोस सियासाकोसले यो समीक्षाले विश्वभरका विज्ञहरूले के भनिरहेका छन् भन्ने कुरालाई पुष्टि गरेको बताउनुभयो ।

    “अटिस्टिक र न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूमा पुरानो दुखाइ हुने सम्भावना बढी हुन्छ र उनीहरूमा न्यूरोडाइभर्जेन्ट बच्चाहरू हुने सम्भावना पनि बढी हुन्छ तर प्यारासिटामोलले न्यूरोडाइभर्जेन्स निम्त्याउँदैन,” पोट्र्समाउथ विश्वविद्यालयका स्टिभन क्यापले भन्नुभयो ।

    “एडीएचडीको साथ एक शोधकर्ता र अटिस्टिक व्यक्तिको रूपमा, मलाई लाग्छ कि हामीले न्यूरोडाइभर्जेन्सलाई रोक्ने प्रयास गर्नु हुँदैन, तर न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूको जीवनलाई अझ राम्रो बनाउनु पर्छ,” उहाँले थप्नुभयो।

    ट्रम्प र उहाँका कोभिड खोपमा शङ्कास्पद विचार राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बारम्बार अटिजमको बारेमा निराधार दाबी गरेका छन्, जसमा प्यारासिटामोल बाहेक कोभिड सङ्क्रमण ‘महामारी’ पनि समावेश छन्।

    विशेषज्ञहरू भन्छन्, “अटिजम दरमा भर्खरको वृद्धि बढ्दो जागरूकताको साथ सुधार, व्यापक निदान विधिहरूको कारण हो।”

    सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.