• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अन्तर्क्रिया कार्यक्रमसहित मूल प्रवाहले भव्य रूपमा मनायो सत्चालिसौँ स्थापना दिवस


  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्‌नो ४७औँ स्थापना दिवस अन्तर्क्रिया सहित केन्द्रीय स्तरको कार्यक्रम दिल्लीमा सम्पन्न पारेको छ । मूल प्रवाह केन्द्रीय समितिले “प्रवासी नेपालीहरूको मताधिकार र नेपालको जेनजी आन्दोलन” विषयाक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    Advertisement

    कात्तिक २२ गते शुक्रबार दिल्लीको आईटिओस्थित राजाराम मोहन राय मेमोरियल हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि भैरवराज रेग्मीले नेपालको वर्तमान राजनैतिक अवस्था अत्यन्तै तरल रहेको बताउनु भयो । ‘जेनजी आन्दोलन कुनै संगठित वैचारिक समूह होइन । यो उमेर समूह आफैमा देश दुनियाँसँग बेखबर जेनजी पुस्ता ईन्टरनेटको दुनियाँमा भुलिरहेको थियो ।’ जेनजी आन्दोलनको सन्दर्भमा धारणा राख्दै रेग्मीले भन्नुभयो– ‘सरकारद्वारा सामाजिक संजालमा लगाइएको आकस्मिक प्रतिबन्धलाई साम्राज्यवादी शक्तिहरूद्वारा उनीहरूको भावना उपयोग गरिएको थियो ।’

    रेग्मीले भाद्र २३–२४ को घटना एक्कसी नभएको, यसका पछाडी साम्राज्यवादीहरूको लामो समयदेखिको तयारी र योजनाबद्ध प्रकारले भएकोमा जोड दिनुभयो । ‘साम्राज्यवादले आफ्‌नो स्थिति मजबुत पार्न विभिन्न व्यक्ति समुहहरूलाई हदसम्मको प्रयोग गर्ने गर्दछ ।’ नेता रेग्मीले अगाडि भन्नुभयो– ‘अहिले हाम्रो राष्ट्र ध्वस्त भएको छ । आगजनी र तोडफोडका घटनामा रास्वपा–राप्रपा त सामेल थियो नै काँग्रेस–एमाले–माओवादी भित्रका असन्तुष्ट व्यक्ति समूह पनि सामेल थिए । तात्कालिन सरकारको नेतृत्व जिम्मेवारीबाट बच्ने कोशिस गरिरहेको छ, तर बच्न सक्दैन ।’

    देशमा भएको भ्रष्टाचार र कुशासनले जनताको अपेक्षा निराशामा बदलिँदो थियो र त्यो निराशाले जनआक्रोसलाई जेनजी आन्दोलनको रुपमा विस्फोट भएको पनि रेग्मीको भनाई थियो ।

    ‘जेनजी आन्दोलन पछी बनेको सरकार असंवैधानिक छ, यो सरकार विदेशी शक्तिकेन्द्रको दबाब छ । अराजक व्यक्तिगरुले सरकारलाई धम्क्याई रहेका छन् ।’ रेग्मीले भन्नु भयो– ‘सर्वोच्चमा संसद विघटन विरुद्ध रिट परेको छ । संसद पुनर्स्थापना भयो भने पनि मुठ्भेडको सम्भावना रहिरहन्छ ।’ देशलाई यो अवस्था पुर्‍याउनु ओलिको ठूलो हात रहेको रेग्मीको थप भनाई थियो ।

    विगतमा पटकपटक लोकतान्त्रिक पद्धतिलाई कुल्चिने र आफू अनुकूल नभए संसद विघटन गर्ने, पार्टी भित्रको आन्तरिक लोकतन्त्र समाप्त पारेर निरंकुशता लाद्ने प्रयास ओलीबाट भएको कमजोरी बारे पनि रेग्मीले प्रष्ट्याउनु भयो ।

    विशिष्ठ अतिथि ठाकुर खनालले प्रवासी नेपालीहरूको मताधिकार कुनै दल विशेषको फाइदा बेफाइदा हेरेर नभई प्रत्येक नागरिकको मौलिकहक र दायित्व भएको बताउनु भयो । ‘एक तिहाई जनसंख्यालाई मताधिकारबाट वंचित गरिनु न्यायोचित होइन ।’ खनालले भन्नुभयो– ‘प्रवासी नेपालीहरूले पठाएको नोट चल्ने भोट नचल्ने कहाँको न्याय हो ?’

    प्रवासी नेपालीलाई मताधिकार मात्रै नभई समानुपातिक प्रतिनिधित्व पनि चाहिने खनालको भनाई थियो ।

    आयोजक समितिको तर्फबाट आधार पत्र समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अधिवक्ता माधव पोखरेल, प्रवासी नेपाली संघका रामप्रसाद पराजुलीले पनि मन्तव्य दिनुभएको थियो ।

    त्यस्तै बहराईन नेपाली एकता समाजका पूर्व महासचिव एलबि राना, पत्रकार महासंघ भारत शाखाका सचिव तथा ग्लोबल गोर्खा टाइमका ईन्द्रकमल जैरु, एनबिआई न्युजका हेमन्त अधिकारी र युगदर्शनका सम्वाद्दाता खिमराज चालिसेको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा एल बि राना, गोपाल भट्टराई, मदन थापा, विशाल अधिकारी, तिल बहादुर थापा, इन्द्र कमल जैरुले टिप्पणी गर्नुभएको थियो ।

    कार्यक्रम अध्यक्षता उपाध्यक्ष कपिल खनाल र सञ्चालन महासचिव त्रिभुवन भट्टराईले गर्नुभएको थियो । सहभागीहरूलाई सचीव शालिकराम आचार्य र कलाकारहरूले स्वागत गर्नु भएको थियो ।

    कार्यक्रमको अन्तमा विभिन्न स्थानबाट आएका रक्तिमका कलाकारहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.